इटहरी : नेपालबाट अध्ययनका लागि युके जान चाहने विद्यार्थीहरूलाई लक्षित गरी इटहरीमा शैक्षिक परामर्श मेला हुने भएको छ ।
इटहरीस्थित सेन्ट्रल प्लाजाको तेस्रो तल्लामा रहेको एसआई–युके इटहरीले शैक्षिक परामर्श मेला आयोजना गर्न लागेको जनाएको छ ।
यही फागुन १८ गते आफ्नै कार्यालयमा एक दिने शैक्षिक परामर्श मेला आयोजना गर्न लागिएको सञ्चालक मदन अधिकारीले बताए ।
उक्त मेलामा विद्यार्थीहरूले परामर्श लिन सक्ने उनको भनाइ छ ।
कन्सल्टेनसँग सहजै परामर्श लिन सकिने र अध्ययनका लागि युके जान चाहनेहरूले स्पष्टसँग कोर्ष छनौटदेखि, स्कलरसिपबारे समेत बुझ्न सकिने अर्का सञ्चालक गोपाल निरौलाले बताए ।
युनिभर्सिटी सेलेक्सन, जागिरको अवसरदेखि भिसा प्रोसेसबारेसमेत परामर्श गरिने उनले बताए ।
Discussion about this post