इटहरी : कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चिता तथा फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत खटिएको प्रहरी टोलीले झापा, मोरङ र उदयपुर जिल्लाको विभिन्न स्थानहरूबाट एकै दिनमा ४६ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ ।
मोरङ जिल्ला अदालतको फैसलाले विभिन्न मुद्धाका फरार व्यक्तिहरूको खोजतलासमा जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत कार्यालयहरूबाट खटिएको टोलीले मोरङ जिल्लाका विभिन्न स्थानहरूबाट एकैदिन विभिन्न मुद्धाका ४१ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले छुट्टाछुट्टै मुद्धाका ४ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ भने जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले सवारी ज्यान मुद्धाका फरार १ जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेका उनीहरूलाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि सम्बन्धित जिल्ला अदालतहरुमा उपस्थित गराइएको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।














Discussion about this post