मोरङ : मोरङको सुन्दरहरैँचामा यात्रुबाहक बसले ठक्कर दिँदा शनिबार दिउँसो एक जना महिलाको मृत्यु भएको छ ।
पैदलयात्रा गरिरहेकी ५२ वर्षीया मीराकुमारी श्रेष्ठलाई पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका ७ ठडियामा बसले ठक्कर दिएको थियो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४०३४ नम्बरको बसले दिउँसो १२ः५० बजेतिर ठक्कर दिँदा श्रेष्ठको मृत्यु भएको छ ।
प्रहरीका अनुसार झापाको गौरीगन्ज माइती भएकी श्रेष्ठको भारतमा बिहे भएको थियो । उनी परिवारसहित भारतको लुवाघाटमा बस्दै आएकी थिइन् ।
सुन्दरहरैँचास्थित आफन्तको घरमा आएका बेला दुर्घटनामा परेर मृत्यु भएको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post