दमक : पूर्वी नेपालमा आफ्नो बजार विस्तारलाई अगाडि बढाएको भाटभटेनीले झापाको दमकमा २७ औं स्टोर स्थापना गरी सञ्चालनको अन्तिम तयारीमा पुगेको छ ।
झापाको ब्यापारिक शहर दमक ९ मा गतवर्ष माघ ४ गते स्टोर शिलान्यास गरेको भाटभटेनीले १३ महिनामै नयाँ स्टोर स्थापना गर्न सफल भएको हो ।
पूर्वको ब्यापारिक शहर दमकमा अन्ताष्ट्रिय स्तरको सपिङ अनुभव प्रदान गर्ने उद्देश्यसहित स्थापना गरिएको स्टोर १४ कट्ठा क्षेत्रफलमा करिब १ लाख १६ हजार स्क्वायरफिट सपिङ्ग स्पेससहित सञ्चालनमा आउन लागेको हो ।
१ अर्ब ५० करोड बढी लगानीमा सञ्चालनमा आउने यो स्टोर झापा जिल्लामा दोस्रो हो भने कोसी प्रदेशको पाँचौ स्टोर हो ।
उपभोक्तालाई बजार मूल्य भन्दा सस्तो एवम् गुणस्तरीय सामग्री एकै ठाउँबाट उपलब्ध गराइने र गगुणस्तरमा ग्राहक ठगिन नपर्ने भएकाले भाटभटेनी दमक तथा आसपसका उपभोक्ताको सपिङका लागि पहिलो रोजाई बन्ने सञ्चालकहरू बताउँछन् ।
नेपालमै अन्तर्राष्ट्रिय स्तरको सपिङ अनुभव र सेवा प्रदान गर्ने तथा नेपालमै रोजगारीको अवसर सृजना गर्ने उद्देश्यसहित देशभरका ठूला सहरहरूमा भाटभटेनीको स्टोर विस्तार भइरहेको क्षेत्रीय ब्यवस्थापक विनोद भट्टराईले बताए ।
यही फागुन २३ गतेबाट औपचारिक रूपमा सञ्चालनमा आउने सुपर स्टोरको लागि सम्पूर्ण तयारी पूरा भएको भाटभटेनीले जनाएको छ ।
उद्घाटनका अवसरमा आम प्रत्येक सामानको खरिदमा १० देखि २० प्रतिशतसम्म छुटको ब्यवस्था रहेको स्टोरका अपरेसन म्यानेजर पानु पौडेलले बताए ।
यस स्टोरमा ग्रोसरी, किचनवेयर, रेडिमेड गार्मेन्ट, फुटवेयर, इलेक्ट्रोनिक्स, ब्रान्डेड गार्मेन्ट, ब्रान्डेड फूट्वेर, फूड्कोर्ट, मल्टिप्लेक्स सिनेमा हल तथा बालबलिकाका लागि स्केट पार्क लगायतका सुविधाहरू रहने बताइएको छ ।
Discussion about this post