Friday, July 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीमा फोहोर प्रशोधन केन्द्रबाट सिलिन्डर ग्याँस उत्पादन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन २०, २०८०
in समाचार
0
इटहरीमा फोहोर प्रशोधन केन्द्रबाट सिलिन्डर ग्याँस उत्पादन
127
SHARES
Share on FacebookShare on Twitter

इटहरी : फोहोर मैला व्यवस्थापनमा इटहरी उपमहानगरपालिकाले ठूलो फड्को मारेको छ ।

सहरमा उत्पादन भएको फोहोर खाल्डाखुल्डीमा फाल्नुपर्ने, चारेकोसे जङ्गल तथा सामुदायिक बनमा फाल्नुपर्ने अवस्थादेखि अहिले आफ्नै प्रशोधन केन्द्रबाट ग्याँस र प्राङ्गारिक मल उत्पादनसम्म आइपुगेको छ ।

फोहोर व्यवस्थापनको काम सुरु भएको पछिल्लो १० वर्ष पछि फोहोरबाट ग्याँस र प्राङ्गारिक मल उत्पादन सुरु भएको छ ।

इटहरी उपमहानगरपालिका वडा नं. १० मा फोहोर प्रशोधन केन्द्र स्थापना गरिएको छ । प्रशोधन केन्द्रले प्लान्ट निर्माण सम्पन्न गरी सन् २०२२ मे ७ बाट ग्याँस उत्पादन परीक्षण सुरु गरेको वेस्ट एण्ड इन्भारो म्यानेजमेन्ट प्रा.लिका अध्यक्ष मानध्वज मोक्तानले जानकारी दिए ।

परीक्षणकाल अवधिमा एक सय सिलिन्डर ग्याँस उत्पादन गरी विक्री गरिएको कम्पनीले जनाएको छ ।

उत्पादन भएको ग्याँस सुनसरीकै निमुवामा रहेको जानकी ट्याङ्की उद्योगलाई बिक्री गरिएको कम्पनीका अध्यक्ष मोक्तानले जानकारी दिए । कम्पनीले अब भने केही प्राविधिक पक्षलाई व्यवस्थापन गर्दै व्यवसायीक रूपमा ग्याँस र मल उत्पादन गर्न सक्षम भएको बताएको छ ।

ग्याँस र मलको उत्पादन तथा बिक्री गरी राम्रो आम्दानी गर्न सकिने सम्भावना रहेको इ मोक्तानको विश्वास छ ।

कति ग्याँस उत्पादन हुन्छ र कहाँ खपत हुन्छ ?

आयोजनाको डिपीआर अनुसार साढे १३ करोड लाग्ने अनुमान थियो । तर, ग्याँस उत्पादनको अवस्था सम्म आइपुग्दा करिब २१ करोड लगानी भएको इन्भारो म्यानेजमेन्ट कम्पनीले जनाएको छ ।

योजनाको डिपीआर अनुसार स्थापना भएको प्लान्टबाट दैनिक ३० टन कुहिने फोहोर प्रशोधन गरी ८ टन ग्याँस र ६ टन प्राङ्गारिक मल उत्पादन गर्न सकिन्छ ।

कुहिने फोहोरबाट ग्याँस र मल उत्पादन गर्न २ करोड ७० लाखको लागतमा डाईजेस्टर निर्माण गरिएको छ । सो डाईजेस्टरमा ग्याँस र मल उत्पादन गर्न दैनिक ३० टन कच्चा पदार्थ (कुहिने फोहोर) आवश्यक पर्छ ।

उत्पादन भएको ग्याँस सिलिन्डरमार्फत विक्री गर्न सकिने कम्पनीले जनाएको छ । उत्पादन भएको ग्याँसलाई बजारको कुनै समस्या छैन ।
सुनसरी मोरङ औद्योगिक कोरिडोरका उद्योगहरूले सहजै खरिद गरिदिने वेस्ट एण्ड इन्भारो कम्पनीका अध्यक्ष मोक्तान बताउँछन् ।

कम्पनीले पनि उत्पादन भएको ग्याँसलाई औद्योगिक क्षेत्रलाई नै टार्गेट गरी बिक्री गर्ने योजना बनाएको छ । परीक्षणकालमा उत्पादन भएको ग्याँस पनि आद्यौगिक कोरिडोरकै जानकी ट्याङ्की उद्योगले खरिद गरिदिएको थियो ।

१० वर्षको प्रयासपछिको उपलब्धि

ल्याण्डफिल्ड साईड सञ्चालनमा आएपछि फोहोर मैला व्यवस्थापन सहज मात्र भएको छैन, सडकमा जथाभाबी देखिने फोहोर समेत हटेको छ ।

इटहरीका मुख्य चौक, सडक तथा भित्री सडकहरू समेत सफा देखिन थालेका छन् । दैनिक नियमित रूपमा फोहोर सङ्कलन र व्यवस्थापन हुन थालेपछि इटहरी सफा देखिन थालेको हो ।

अहिले फोहोर व्यवस्थापनमा कुनै समस्या भोग्नु नपरेको इटहरी उपमहानगरपालिका वातावरण शाखाका प्रमुख पुष्पनारायण चौधरीले बताए । पहिलेजस्तो दुःख नभएको उनले बताए ।

निजी क्षेत्रलाई दिए पछि फोहोर व्यवस्थापन गर्ने ठाउँ नहुँदा सामुदायिक बनमा फाल्नुपर्ने बाध्यता पनि हटेको चौधरीले बताए ।

इटहरीको फोहोर मैला व्यवस्थापन अर्को चरणमा पुगेको वातावरण शाखा प्रमुख चौधरीको भनाई छ । अब भने उद्देश्य अनुसार फोहोरबाट मोहर बनाउने अवस्था सम्म आई पुगेको उनले बताए ।

यो अवस्था सम्म आइपुग्न १० वर्ष लागेको छ । फोहोर व्यवस्थापन टाउको दुखाई बने पछि इटहरी उपमहानगरपालिकाले वि.स २०७० साल देखी व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिएको थियो ।

सङ्कलन भएको फोहोर फाल्ने ठाउँ नहुँदा ठुलो समस्या हुने गरेको थियो । इटहरी उपमहानगरपालिकाले फोहोर फाल्ने ठाउँ उपलब्ध गराउन नसक्दा सहरका खाल्डाखुल्डीमा फाल्नुपर्ने अवस्था थियो ।

विरोध आउन थालेपछि चारकोसे जङ्गल तथा सामुदायिक बनमा लगेर फाल्ने गरिएको थियो । जङ्गलमा फालिएको फोहोरमा आगो लाग्दा निस्किएको धुवाँले इटहरीको भवानीपुर क्षेत्रका स्थानीयहरूले स्वास्थ्य समस्या भोग्नु परेको थियो ।

आँखा पोल्ने, श्वास फेर्न गाह्रो हुने जस्ता समस्या देखिएको थियो । विशेष गरी दम र श्वासप्रश्वास सम्बन्धी रोग भएका बिरामीलाई ठूलो समस्या हुने गरेको थियो ।

इटहरीले जङ्गलमा फोहोर फाल्न छाडे पनि धरान उपमहानगरपालिकाले फोहोर फाल्न नछाडेको भवानीपुरका स्थानीय कुमार चौलागाँईले बताए । इटहरीले फोहोर फाल्न छाडेपनि धरानको फोहोरका कारण समस्या भने उस्तै रहेको चौलागाँई बताउँछन् ।

पटकपटक आग्रह गर्दा पनि धरान उपमहानगरले फोहोर फाल्न नछाडेको उनले बताए ।

सामूहिक प्रयास

इटहरीको फोहोर मैला व्यवस्थापन यहाँसम्म आइपुग्न भएको सामूहिक प्रयास अर्को महत्वपूर्ण पक्ष हो । फोहोर व्यवस्थापन गर्नु इटहरी उपमहानगरपालिका र निजी क्षेत्रको पहिलो कर्तव्य थियो ।

व्यवस्थापन निजी क्षेत्रले गरे पनि फोहोर एक ठाउँमा फाल्नुपर्छ, आफ्नो घर आँगन, पसल व्यवसाय आफैले सफा गर्नुपर्छ । फोहोर जथाभाबी नफाली बिहान गाडीमा हाल्नुपर्छ भन्ने संस्कारको विकास गर्न सामूहिक प्रयास भएको देखिन्छ ।

सुरुका दिनमा सञ्चालन भएका विभिन्न सफाइ अभियानहरूले फोहोर व्यवस्थापनका लागि महत्त्वपूर्ण योगदान गरेका थिए ।

के आई सी इटहरी अभियान,उद्योग वाणिज्य सङ्घ इटहरी, विभिन्न सामाजिक सङ्घ संस्था, टोल विकास संस्थाहरूको रचनात्मक सहयोगले फोहोर व्यवस्थापनको जिम्मा पाएको कम्पनीलाई सहयोग पुगेको थियो ।

इटहरीमा देखिएको सामाजिक अभियानले छिमेकी सहरमा समेत सकारात्मक प्रभाव पारेको थियो ।

के छन् चुनौती ?

उत्पादित ग्याँस बिक्री गर्न बजारको समस्या छैन । तर केही प्राविधिक पक्ष भने अझै चुनौती रहेको कम्पनीको भनाइ छ ।

उत्पादित ग्याँस अन्य एल पी ग्यास भन्दा कडा हुने हुँदा भण्डारण, बिक्री गर्ने सिलिन्डर र अन्य केही प्राविधिक पक्ष फरक छन् । केही थप मेसिन तथा उपकरण खरिद गर्नुपर्ने भएकाले अर्डर गरिएको र केही समयमा नेपाल आई पुग्ने कम्पनीले जनाएको छ ।

ठूला र बढी तौलका सिलिन्डर भएका कारण भण्डारण र वितरणमा चुनौती छ । त्यसैले कम्पनीले घरेलु प्रयोग भन्दा पनि औद्योगिक बजारलाई प्राथमिकतामा राखेको छ ।

अर्को मुख्य चुनौती कच्चापदार्थको देखिएको छ । दैनिक सञ्चालनका लागि आवश्यक पर्ने कुहिने कच्चापदार्थ सङ्कलन गर्नु चुनौतीपूर्ण छ ।

दैनिक ४० देखि ४५ टन फोहोर उत्पादन हुने इटहरीमा केवल डेढ टन मात्रै कुहिने फोहोर सङ्कलन हुँदा चुनौती देखिएको कम्पनीको भनाइ छ ।

प्रशोधन केन्द्रको दीर्घकालीन सञ्चालनका लागि आवश्यक कच्चापदार्थको व्यवस्थापनका लागि स्रोतमै फोहोरको सेग्रिगेसन गर्नुपर्ने उपमहानगरका वातावरण शाखा प्रमुख पुष्पनारायण चौधरी बताउँछन् ।

व्यवस्थापन कम्पनीले फोहोरको सेग्रिगेसनका लागि काम गर्नुपर्ने उनको सुझाव छ । यसका लागि उपमहानगरले पनि आवश्यक पहल गरिरहेको उनले बताए ।

यता, अपुग कच्चापदार्थका लागि विकल्प खोजी भइरहेको कम्पनीको भनाइ छ । पशु फार्मबाट गोबर, उखु मिलका कच्चा पदार्थ र जङ्गलका झारलाई विकल्पको रूपमा प्रयोग गर्ने योजना बनाएको कम्पनीले जनाएको छ ।

भिडियो

 

– ADVT

Tags: #इटहरी उपमहानगरपालिकाफोहोर प्रशोधन केन्द्र
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी प्रदेश सुरक्षा समन्वय समितिको बैठकमा शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा जोड
FEATURE BREAKING

कोशीमा हिक्मत नेतृत्वको सरकार धरापमा, नयाँ सत्ता समीकरणको दौड

by टाकुरा न्यूज । इटहरी
असार ३२, २०८३
0

इटहरी : कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकार राजनीतिक संकटको संघारमा पुगेको छ। नेपाली कांग्रेसले एमालेसँगको सत्ता सहकार्य अन्त्य...

सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द
FEATURE BREAKING

इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

by टाकुरा न्यूज । इटहरी
असार ३२, २०८३
0

इटहरी : लामो समयदेखि निष्क्रिय रहेका सुनसरी र मोरङका सात वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ। उद्योग, कृषि तथा...

हर्क साम्पाङको प्रश्न : सहकारी पीडितबारे घण्टी पार्टीको एजेण्डा के हो ?

स्वकीय सचिव नलिने हर्क साम्पाङको घोषणा, ‘त्यो रकम गरिब विद्यार्थीका लागि खर्च गरियोस्’

असार ३२, २०८३
क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीले धनकुटा कारागारमा सुरक्षा र मानव अधिकार चुनौती

क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीले धनकुटा कारागारमा सुरक्षा र मानव अधिकार चुनौती

असार ३२, २०८३
कोशी सरकारबाट बाहिरिने तयारीमा कांग्रेस, मन्त्रीहरूले आजै राजीनामा दिने सम्भावना

कोशी सरकारबाट बाहिरिने तयारीमा कांग्रेस, मन्त्रीहरूले आजै राजीनामा दिने सम्भावना

असार ३२, २०८३
इलामको रिखुवा खोलामा ३० करोडको पुल

इलामको रिखुवा खोलामा ३० करोडको पुल

असार ३२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी प्रदेश सुरक्षा समन्वय समितिको बैठकमा शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा जोड

कोशीमा हिक्मत नेतृत्वको सरकार धरापमा, नयाँ सत्ता समीकरणको दौड

असार ३२, २०८३
सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

असार ३२, २०८३
हर्क साम्पाङको प्रश्न : सहकारी पीडितबारे घण्टी पार्टीको एजेण्डा के हो ?

स्वकीय सचिव नलिने हर्क साम्पाङको घोषणा, ‘त्यो रकम गरिब विद्यार्थीका लागि खर्च गरियोस्’

असार ३२, २०८३
क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीले धनकुटा कारागारमा सुरक्षा र मानव अधिकार चुनौती

क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीले धनकुटा कारागारमा सुरक्षा र मानव अधिकार चुनौती

असार ३२, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    766 shares
    Share 306 Tweet 192
  • इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    698 shares
    Share 279 Tweet 175
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    462 shares
    Share 185 Tweet 116
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    406 shares
    Share 162 Tweet 102

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.