उदयपुर : उदयपुरको त्रियुगामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका १३ स्थित मदन भण्डारी लोकराजमार्गमा गाइघाटबाट बेल्टारतर्फ जाँदै गरेको प्र २–०१–००२ प २०२८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रामा रहेका स्थानीय विदुर रेग्मीको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका ५४ वर्षीय रेग्मीको उपचारको क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक चौदन्डीगढी नगरपालिका ६ का २४ वर्षीय अमदकुमार दाहाललाई जिल्ला प्रहरी कार्यालय उदयपुरले मोटरसाइकलसहित नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ ।











Discussion about this post