खोटाङ : घर नजिकै खरबारीमा लागेको डढेलोले खोटाङमा एक घर र एक मतान जलेर नष्ट भएको छ ।
खरबारीमा लागेको आगोेको झिल्को हावाले उडाएर ल्याउँदा आगलागी भएको हो ।
जिल्लाको खोटेहाङ गाउँपालिका वडा नं. ३ सावाकटहरेका महेश जनकर्मी घर र उमेश जनकर्मीको मतान र मतान जलेको वडाध्यक्ष जेफर राईले जानकारी दिए ।
आगोको झिल्कोले सुरुमा उमेशको मतान र त्यसपछि महेशको घर जलेको हो ।
खरबारीमा आगो लगाउनेको पहिचान नभएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















Discussion about this post