काठमाडौँ : आज राष्ट्रियसभा अध्यक्षको निर्वाचन हुँदैछ । आज (मंगलबार) बिहान ११ बजे बस्ने राष्ट्रियसभा बैठकमा अध्यक्षको निर्वाचन हुने संघीय संसद् सचिवालयले जनाएको छ ।
अध्यक्षका लागि युवराज शर्मा र नारायण दाहालले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसबाट शर्मा र सत्ता गठबन्धनबाट दाहालले उम्मेदवारी दर्ता गरेका हुन्।
शर्माको प्रस्तावकमा कांग्रेसकै आनन्दप्रसाद ढुंगाना र समर्थकमा लोसपाका किरणबाबु श्रेष्ठ रहेका छन् ।
दाहालको प्रस्तावकमा माओवादीका गोपीबहादुर सार्की र समर्थकमा एमालेका देवेन्द्र दाहाल तथा एकीकृत समाजवादीका बेदुराम भुसाल रहेका छन् ।
राष्ट्रियसभामा पहिलो दल माओवादीसँग एक मनोनीत र उपाध्यक्षसहित १८ सदस्य छन् । एमालेका १०, एकीकृत समाजवादीका आठ, जसपाका तीन सांसद छन् ।
राष्ट्रियसभाका उपाध्यक्षसहित ३९ सांसद सत्ता गठबन्धनका तर्फबाट छन् । शर्माको पक्षमा कांग्रेसका १६ र लोसपाका एक सांसद् रहेका छन् ।














Discussion about this post