धनकुटा : धनकुटाको साँगुरीगढी गाउँपालिका ७ गर्जुवामा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
कोसी राजमार्गमा भेडेटारबाट मुलघाटतर्फ जाँदै गरेको को १ च ३२८० नम्बरको मारुती भ्यान र विपरीत दिशाबाट आउँदै गरेको को ३३ प ८३५७ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर भइ दुर्घटना हुँदा मोटरसाइकल चालक साँगुरीगढी ६ का २२ वर्षीय अभिषेक लिम्बू, मोटरसाइकलमा पछाडि सवार २५ वर्षीय दिवश तामाङ र भ्यान चालक सोही स्थानका ३० वर्षीय तुलबहादुर राई घाइते भएका थिए ।
दुर्घटनामा घाइते भएका तीनै जनाको धरानस्थित वीपी प्रतिष्ठानमा उपचार भइरहेकोमा पछाडि सवार तामाङको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post