Sunday, September 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

भोजपुरबाट साइबर अपराधसम्बन्धी सचेतना अभियानको शुभारम्भ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन ३०, २०८०
in समाचार
0
नेपाल प्रहरीका ५७ जना डीएसपीको सरुवा, काे कहाँ ? 
86
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : नेपाल प्रहरीले भोजपुरबाट साइबर अपराधसम्बन्धी सचेतना अभियानको शुभारम्भ गरेको छ ।

अभियानको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकाल र कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले शुभारम्भ गरे ।

केन्द्रीय प्रहरी प्रवक्ता ढकालले सामाजिक सञ्जाल सचेत भइ प्रयोग नगर्दा साइबर अपराधका घटना बढेको भन्दै प्रविधिको सही उपयोग गर्न आग्रह गर्ने उद्देश्यले भोजपुरदेखि अभियान शुभारम्भ गरिएको बताए ।

अभियानअन्तर्गत आगामी तीन महिनासम्म विद्यार्थी, नागरिक, शिक्षकलाई सामाजिक सञ्जालको दुरुपयोगबाट हुनेसक्ने साइबर अपराधबारे जानकारी र सचेतना गराइने छ ।

“गाउँगाउँमा सचेतना जगाउन भोजपुरबाट जिल्लाव्यापी अभियान सुरु भएको छ, क्रमिकरुपमा यो अभियान अन्य जिल्लामा पनि बिस्तार हुनेछ”, उनले भने ।

सामाजिक सञ्चालको सही प्रयोग हुनसके आपाराधिक गतिविधि कम गर्नमा मद्दत मिल्ने उनको भनाइ थियो । भोजपुरका नौ वटै स्थानीय तहका ८२ स्थानमा १० हजार नागरिकलाई अभियानमार्फत यसबारे जानकारी गराइनेछ ।

अरुण गाउँपालिकाको केन्द्र प्याउलीमा रहेको शारदा माविबाट अभियान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमख प्रहरी नायव उपरीक्षक सुदीपराज पाठकले जानकारी दिए । उनले प्रविधिको विकाससँगै साइबर अपराध बढेकाले सचेतना अभियान सुरु गरिएको बताए ।

साइबर अपराध कम गर्न लागि सबै सचेत रहन जरुरी रहेको कोशी प्रदेश प्रहरी प्रमुख खापुङले बताए ।

प्रहरीले सुरु गरेको अभियानले सामाजिक सञ्चाल दुरुपयोग कम गर्न पनि सहयोग प्राप्त हुनेमा उनले विश्वास व्यक्त गरे । जिल्लाको अरुण गाउँपालिकाबाट सुरु अभियान सम्बन्धित क्षेत्रका इलाका प्रहरी कार्यालय, प्रहरी चौकीलगायतमार्फत सञ्चालन हुनेछ ।

विद्यालयस्तरबाट सुरु अभियानले समुदायलाई पनि सचेत गराउने अरुण गाउँपालिकाका उपाध्यक्ष बिनिता ढकालले बताए । उनले भने, “विद्यालयमा अध्ययरत विद्यार्थी, शिक्षक र नागरिकलाई मध्यनजर गर्दे प्रहरीले सुरु गरेको अभियान प्रभावकारी देखिन्छ ।”

सचेतनामा सहभागी विद्यार्थीहरुले साइबर अपराधका विषयहरु सुनेको भए पनि विस्तृत जानकारी नभएकाले प्रहरीले सो विषयमा जानकारी गराउँदा थप ज्ञान प्राप्त भएको बताएका छन् ।

Tags: #प्रहरी#भोजपुर#राससअपराधनेपाल प्रहरीसाइबर अपराध
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत
Uncategorized

रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

by टाकुरा न्यूज । इटहरी
भदौ २८, २०८३
0

उदयपुृर । भोटेकोशी बाढीमा नुवाकोटको त्रिशूलीबाट बेपत्ता भएका उदयपुरका ४२ वर्षीय देवेन्द्र घिमिरेको प्रतीकात्मक कुशको शव बनाएर शनिबार अन्त्येष्टी गरिएको...

हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो
समाचार

हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो

by माधव पोख्रेल
भदौ २८, २०८३
0

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाईमा आइतबार बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही स्थानका सुकदेव...

पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता

पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता

भदौ २८, २०८३
हुङ्गा खोला थुनिएपछि नदी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनकाे अनुराेध

हुङ्गा खोला थुनिएपछि नदी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनकाे अनुराेध

भदौ २८, २०८३
जमिन भासिएर पहिरो : तीन घर बगे, त्रासमा गाउँ

जमिन भासिएर पहिरो : तीन घर बगे, त्रासमा गाउँ

भदौ २८, २०८३
मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु

मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु

भदौ २८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

भदौ २८, २०८३
हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो

हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो

भदौ २८, २०८३
पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता

पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता

भदौ २८, २०८३
हुङ्गा खोला थुनिएपछि नदी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनकाे अनुराेध

हुङ्गा खोला थुनिएपछि नदी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनकाे अनुराेध

भदौ २८, २०८३



लाेकप्रिय

  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    581 shares
    Share 232 Tweet 145
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    347 shares
    Share 139 Tweet 87
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    292 shares
    Share 117 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    262 shares
    Share 105 Tweet 66

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.