धनकुटा : धनकुटामा गुडिरहेको मोटरसाइकललाई रुख ढलेर च्यापिदा एक युवतीको मृत्यु भएको छ ।
बिहीबार (आज) दिउँसो धनकुटा नगरपालिका वडा ४ स्थित सल्लेरीमा गुडिरहेको प्रदेश १–०२–०४९ प ६०४० नम्बरको मोटरसाइकलमा सुकेको रुख ढलेर लाग्दा मोटरसाइकल पछाडि सवार धनकुटा नगरपालिका १ हिलेकी ३० वर्षीया उषा तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।
सडक नजिक रहेको शिरीषको रुख आफैँ भाँचिएर तामाङको टाउको र छातीमा लागेको र उपचारको लागि धनकुटा अस्पताल ल्याएपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक आशिष तामाङ भने सकुशल रहेको प्रहरीले जनाएको छ । आशिष उषाका श्रीमान रहेको प्रहरीले जनाएको छ ।
धनकुटाको हिले घर भएका तामाङ दम्पत्ति जिल्ला अस्पतालमा उपचारको क्रममा आएर फर्कँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post