मोरङ : मोरङको पथरीशनिश्चरे १ बुद्ध चोकमा रहेको कोशी चिउरा मिलमा शनिबार राति आगलागी हुँदा डेढ करोड बराबरको क्षति भएको छ ।
प्रहरीका अनुसार आगलागीमा १ करोड ५० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । कर्णकुमारी लिम्बूको कोशी चिउरा मिलमा आगलागी हुँदा ठूलो क्षति भएको हो ।
काठ र इँटा प्रयोग गरेर बनाइएको कर्कट पाताको छानो भएको घरमा मिल सञ्चालन गरिएको थियो ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले नेपाल र सशस्त्र प्रहरी, दमकल तथा स्थानीयको सहयोगमा आइतबार बिहानका राति २ः२५ बजेतिर आगो नियन्त्रणमा आएको जानकारी दिए ।
आगोले मिलसहित मिलभित्र रहेको ९० मन धान, २ सय मन गहुँ, ५० मन मकै, २० मन खुँदी, २० मन चिउरा, २ सय मन भुस जलेर खरानी भएको उनको भनाइ छ ।













Discussion about this post