मोरङ : मोरङको पथरीशनिश्चरे नगरपालिका १ पश्चिम बस स्टेण्डस्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।
कानेपोखरीबाट पथरीतर्फ जाँदै गरेको प्रदेश १–०२–०५२ प २२१७ नम्बरको मोटरसाइकलले साइकलयात्री पथरीशनिश्चरे नगरपालिका १० का ५० वर्षीय प्रेमबहादुर चौहानलाई ठक्कर दिएको थियो ।
ठक्करबाट घाइते भएका चौहानको उपचारको लागि नोबेल अस्पताल विराटनगर पुर्याउनासाथ डाक्टरले मृत घोषित गरेका थिए ।
मोटरसाइकल चालक शनिश्चरे नगरपालिका १ का ५१ वर्षीय किरण घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।













Discussion about this post