सोलुखुम्बु : सोलुखुम्बुको सोताङ गाउँपालिका ३ नागेन चौर घोपुस्थित हुङ्गा खोलामा ढुङ्गाले किचेर एकजनाको मृत्यु भएको छ ।
मंगलबार (आज) बिहान साढे १० बजे घोपुबाट कुङ्लितर्फ जाने झोलुङ्गे पुल निर्माण गर्न जीप खन्ने क्रममा माथिबाट खसेको ढुङ्गाले किच्दा स्थानीय ४५ वर्षीय तुलाबहादुर राईको घटनास्थलमै मृत्यु भएको हो ।
घटनाबारे इलाका प्रहरी कार्यालय सोताङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post