विराटनगर : विराटनगरमा गर्ल्स होस्टेलका विद्यार्थीमाथि दुर्व्यवहार गर्ने महिला थुनामुक्त भएकी छन् ।
छात्रालाई कुटपिट गर्दै दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेकी विराटनगर ८ मधुमारास्थित मुनलाइट गर्ल्स होस्टलकी सञ्चालक ५० वर्षीया मधु रेग्मी कट्वाल ४१ हजार रुपैयाँ धरौटी रकम बुझाएर थुनामुक्त भएकी हुन् ।
अभद्र व्यवहार मुद्दामा पक्राउ परेकी रेग्मीलाई जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको इजालासले ४१ हजार रुपैयाँ धरौटी तोकेको थियो ।
प्रशासनले तोकेको धरौटी रकम बुझाएर मंगलबार उनी रिहा भएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले जानकारी दिए ।
विराटनगर नर्सिङ क्याम्पसमा बीएनएस र बीएस्सी नर्सिङमा अध्ययनरत तीन जना छात्रामाथि हातपात गर्दै गरेको दुर्व्यवहार आरोपमा रेग्मी गत बुधबार पक्राउ परेकी थिइन् ।
मोरङ प्रहरीले पक्राउ परेपछि उनलाई अभद्र व्यवहारको मुद्दमा म्याद थप गरी अनुसन्धान सुरु गरेको थियो ।
यो पनि – विराटनगरमा गर्ल्स होस्टेलका विद्यार्थीमाथि दुर्व्यवहार गर्ने महिला पक्राउ
यो पनि – विराटनगरमा गर्ल्स होस्टेलका विद्यार्थीमाथि दुर्व्यवहार



















Discussion about this post