इटहरी : इटहरीस्थित बेदान्त हस्पिटलमा छाला तथा यौन रोगको उपचारमा बिरामीहरूको आकर्षण बढ्दो छ ।
पछिल्लो समय बेदान्तमै विशेषज्ञ डाक्टरको सेवाका कारण धरान र विराटनगर जान नपर्ने हस्पिटलले जनाएको छ । डा. नीरज खड्काको सेवा उपलब्ध गराउँदै आएको हस्पिटलका प्रबन्ध निर्देशक इन्द्रबहादुर श्रेष्ठले जनाएको छ ।
छालामा डाबर आउने, जिउ चिल्लाउने, एलर्जी हुने, पोतो आउने, चाया आउने, डन्डीफोर आउने, यौन सम्बन्धी समस्या हुने इत्यादी रोगको उपचार गरिने उनले बताए ।
साथै अस्पतालले गरिब तथा विपन्न सामुदायलाई लक्षित गरी जेनेरल फिजिसियन डाक्टरद्वारा चेकजाँच तथा परामर्श सेवा एक सय रुपैयाँमै गर्दै आएको श्रेष्ठले बताए ।
उनका अनुसार २५ रुपैयाँमै सुगर जाँच गरिदैँ आएको उनको भनाइ छ । अस्पतालले २४ घण्टा नै विशेषज्ञ डाक्टरहरूद्धारा सेवा प्रदान गर्दै आएको जनाएको छ ।
Discussion about this post