Saturday, April 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

इटहरी गोल्डकप : ट्राइबेकरमा आयोजक राजा क्लब सेमिफाइनलमा प्रवेश

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र ११, २०८०
in खेलकुद, समाचार
0
इटहरी गोल्डकप : ट्राइबेकरमा आयोजक राजा क्लब सेमिफाइनलमा प्रवेश
183
SHARES
Share on FacebookShare on Twitter

इटहरी : अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको दोस्रो दिन भएको खेलमा आयोजक राष्ट्रिय जागृति क्लब (राजा) सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार आयोजक राजा क्लब र भारतीय टिम कञ्चनजंघा फुटबल टिमबीच भएको खेलमा ट्राइबेकरमार्फत ५–४ गोल अन्तरले पराजित गर्दै आयोजक सेमिफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समयमा १–१ गोल बराबरी भएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा आयोजकले ५ गोल गर्दा कञ्चनजंघाका खेलाडीले गरेको प्रहार राजा क्लबका गोल किप्पर नीरज चौधरीले रोक्न सफल भएका थिए ।

निर्धारित समयको १३ औं मिनेटमा कञ्चनजंघाका लागि पुजन सुब्बाले १ गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफमा १–० ले अग्रता लिएको कञ्चनजंघाका लागि दोस्रो हाफपछि भने पटकपटक अवसर पाएपनि गोल गर्नबाट चुक्यो ।

खेलको ८४ औं मिनेटमा आयोजक राजा क्लबका लागि विदेशी खेलाडी नेपोलियनले १ गोल गर्दै खेललाई बराबरीमा फर्काए ।

निर्धारित समयमा १–१ गोल भएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो ।

ट्राइबेकरमा आयोजक राजा क्लबका लागि सुमित चौधरी, प्रवेश दनुवार, विशाल भण्डारी, उमेश कार्की र विदेशी खेलाडी नेपोलियनले गोल गरे ।

उता, कञ्चनजंघाका लागि अनिष राई, पुजन सुब्बा, अभिषेक लामा र सोरनले गोल गर्दा अरिन तामाङको गोल गोल रक्षक नीरज चौधरीले रोक्न सफल भएका थिए ।

खेल सुरु भएको १३ औं मिनेटमै आफ्नो विपक्षमा नतिजा परेपछि घरेलु टोली दबाबमा परेको थियो । त्यससँगै कञ्चनजंघा आक्रमक रूपमा अगाडि बढेको थियो ।

तर, अन्तिम समयसम्म हार नमानेको आयोजक राजा क्लबका लागि नेपोलियनको गोलले केही आशा जगायो । त्यससँगै दुवै टिमबाट गोल हुन नसकेपछि ट्राइबेकरमा आयोजकले नतिजा आफ्नो पक्षमा लिन सफल भएको थियो ।

खेलको म्यान अफ दि म्याच राजा क्लबका नेपोलियन घोषित हुँदै नगद १० हजार प्राप्त गरे । शनिबार भएको उद्घाटन खेलमा साबिक विजेता सगरमाथा युथ क्लब मोरङ सेमिफाइनलमा प्रवेश गरेको छ ।

राष्ट्रिय जागृति क्लबको आयोजनामा इटहरी रंगशालामा भएको गोल्डकपमा भारतको एकसहित आठवटा टिम सहभागी छन् ।

क्लबका अध्यक्ष सन्त डुम्जनका अनुसार यस वर्षदेखि रात्रिकालीन फुटबल प्रतियोगिता सुरु गरिएको हो । रंगशालामा पाँचवटा ‘फल्ड लाइट’ वडान गरिएको छ ।

प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ र सर्वाधिक गोलकर्ताले २५ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ । यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ प्रदान गरिने छ ।

विभिन्न विधामा उत्कृष्ट हुनेले नगद २० हजार र प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले १० हजार पाउनेछन् ।

 

Tags: #खेलकुदइटहरी गोल्डकपगोल्डकपफुटबलराजा क्लब
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि
FEATURE BREAKING

विराटनगरमा धर्म प्रचारमा संलग्न ६ जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख ५, २०८३
0

विराटनगर : विराटनगरमा धर्म प्रचारमा संलग्न रहेको आरोपमा ६ जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१२ स्थित...

उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’
कला साहित्य

उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’

by टाकुरा न्यूज । इटहरी
बैशाख ५, २०८३
0

विराटनगर : नेपाली साहित्य र सिर्जनशील क्षेत्रका दुई सक्रिय व्यक्तित्वलाई विराटनगरमा सम्मानित गरिएको छ । बबरसिंह–देवकुमारी थापा सेवा गुठीले आयोजना...

कञ्चनजङ्घा क्षेत्रमा पर्यटक बढेसँगै व्यवसायी उत्साहित

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन

बैशाख ५, २०८३
बिस्कुटमा रौँ भेटिएपछि सुनसरीबाट उत्पादन हुने ‘गुडलाइफ’ उद्योगलाई २ लाख जरिबाना 

बिस्कुटमा रौँ भेटिएपछि सुनसरीबाट उत्पादन हुने ‘गुडलाइफ’ उद्योगलाई २ लाख जरिबाना 

बैशाख ५, २०८३
विराट गोल्डकप : आज फाइनल खेल, कसले उचाल्छ ट्रफी ?

विराट गोल्डकप : आज फाइनल खेल, कसले उचाल्छ ट्रफी ?

बैशाख ५, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

उदयपुरमा ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु

बैशाख ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

विराटनगरमा धर्म प्रचारमा संलग्न ६ जना पक्राउ

बैशाख ५, २०८३
उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’

उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’

बैशाख ५, २०८३
कञ्चनजङ्घा क्षेत्रमा पर्यटक बढेसँगै व्यवसायी उत्साहित

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन

बैशाख ५, २०८३
बिस्कुटमा रौँ भेटिएपछि सुनसरीबाट उत्पादन हुने ‘गुडलाइफ’ उद्योगलाई २ लाख जरिबाना 

बिस्कुटमा रौँ भेटिएपछि सुनसरीबाट उत्पादन हुने ‘गुडलाइफ’ उद्योगलाई २ लाख जरिबाना 

बैशाख ५, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1255 shares
    Share 502 Tweet 314
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    689 shares
    Share 276 Tweet 172
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    464 shares
    Share 186 Tweet 116
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

    370 shares
    Share 148 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.