इटहरी : इलाम क्षेत्र नं. २ मा हुन लागेको उपनिर्वाचनमा नेपाली कांग्रेस कोसी प्रदेश समितिले सातजनाको नाम केन्द्रमा सिफारिस गरेको छ ।
कांग्रेस कोसी प्रदेश सभापति उद्धव थापाले जिल्लाबाट आएका सबै आकांक्षीहरूको नाम केन्द्रीय कार्यालयमा पठाएको जानकारी दिए ।
थापाका अनुसार आकांक्षीहरूमा डम्बरबहादुर खड्का, भेषराज आचार्य, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला तामाङको नाम सिफारिस गरिएको थापाले बताए ।
आकांक्षीमध्ये डम्बरबहादुर भने यसअघि सुवास नेम्वाङसँग झिनो मतान्तरले पराजित बनेका थिए ।
गत भदौ २६ गते सुवास नेम्वाङको निधन भएपछि इलाम २ मा आगामी बैशाख १५ मा उपनिर्वाचनको मिति तय भएको छ ।
यसअघि एमालेले भन सुवासकै छोरा सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । अरु दलहरूले पनि उम्मेदवारबारे छलफल गरिरहेका छन् ।












Discussion about this post