Sunday, September 20, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

धनकुटामा प्रत्येक महिना कोसी प्रदेशको मन्त्रिपरिषद् बैठक बस्ने निर्णय

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र १४, २०८०
in समाचार
0
धनकुटामा प्रत्येक महिना कोसी प्रदेशको मन्त्रिपरिषद् बैठक बस्ने निर्णय
104
SHARES
Share on FacebookShare on Twitter

धनकुटा : कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा धनकुटास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सम्पर्क कार्यालयमा पहिलोपटक बसेको मन्त्रिपरिषद्को बैठकले धनकुटावासी हर्षित भएका छन् ।

संविधानसभाका सदस्य समेत रहेका मनोहर नारायण श्रेष्ठले धनकुटा व्यवहारमै प्रदेशको राजधानीको महसुस भएको भन्दै खुसी व्यक्त गरे । बृहत् विराट क्षेत्रको अवधारणाअनुसार प्रदेशको राजधानी विराटनगर घोषणा गरेपनि त्यसको प्रत्याभूत नभइरहेका बेला मुख्यमन्त्री कार्कीको नेतृत्वमा पहिलोपटक मङ्गलबार धनकुटामा मन्त्रिपरिषद् बैठक बसेको हो ।

२०७६ साल वैशाख २९ गते तत्कालीन मुख्यमन्त्री शेरधन राईले सम्पर्क कार्यालयको उद्घाटन गर्दै मन्त्रिपरिषद्को बैठक बस्ने र महत्त्वपूर्ण निर्णय गरिने जनाएपनि उक्त कार्यालयमा बैठक बसिएको थिएन । मुख्यमन्त्री कार्कीले मुख्यमन्त्री नियुक्त भएसँगै धनकुटामा रहेको सम्पर्क कार्यालयबाट पनि जनताका काम गर्ने प्रतिबद्धता जनाए ।

जसअनुसार अरू विविध कार्यक्रमका साथ मुख्यमन्त्री धनकुटा पुगेका हुन् । मुख्यमन्त्री कार्कीले सम्पर्क कार्यालयमा अब नियमित रूपमा सञ्चालन भई बैठक बस्ने समेत बताए ।

धनकुटामा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले स्वदेशी उत्पादन तथा उपभोगलाई प्रोत्साहन गर्दै प्रदेशको अर्थतन्त्रलाई मजबुत बनाउन प्रदेशका सबै सार्वजनिक निकायले स्वदेशी तथा विदेशी पाहुनाहरूलाई कोसेलीको रूपमा केही वस्तुहरू दिनुपर्दा, कार्यक्रममा प्रमुख अतिथि र अतिथिहरूलाई मायाको चिनो प्रदान गर्दा र कर्मचारीको स्वागत तथा बिदाइ गर्दा प्रदान गरिने उपहार प्रदेशभित्रै उत्पादन भएको वस्तु हुनुपर्ने निर्णय गरिएको छ ।

यसैगरी खुवालुङलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको रूपमा विकास गर्ने, मन्त्रिपरिषद्को बैठक महिनाको एकपटक धनकुटामा बस्ने निर्णय गरिएको हो ।

मुख्यमन्त्री कार्यालयको सम्पर्क कार्यालयमै प्रदेश लगानी प्राधिकरणको बोर्ड बैठक पनि बसेको छ । बैठकले आगामी जेठ ७, ८ र ९ गते विश्व चिया सम्मेलन गर्ने निर्णय गर्दै त्यसको लागि निर्देशक समिति गठन गरेको छ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. सरोज कोइरालाका अनुसार बैठकले धनकुटाको भेडेटारमा निर्माण भएको स्काई वाकको राजश्व बाँडफाँडको लागि प्रदेश सरकार, धरान उपमहानगरपालिका र साँघुरीगढी गाउँपालिकाको प्रतिनिधि रहेको समितिसमेत गठन गरेर प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ ।

मुख्यमन्त्री कार्कीले सोही क्रममा धनकुटामा रहेका सरकारी निकायका प्रतिनिधिलाई जनताका चाहानाअनुसारका काम गर्न निर्देशन समेत दिएका छन् । आगामी ६ महिनाभित्र धनकुटा औद्योगिक ग्राम पूर्ण रूपमा सञ्चालनमा आउने गरीको खाका १५ दिनभित्र तयार गरेर ल्याउन निर्देशन दिए । ग्राम स्थापनाको ५ वर्ष बितिसक्दासमेत पूर्णरुपमा सञ्चालनमा आउन सकिरहेको थिएन ।

मुख्यमन्त्री कार्कीले भने,‘यस क्षेत्रको स्थानीय कच्चा पदार्थमा आधारित उद्योग स्थापना भएपछि मात्रै यो क्षेत्रका बासिन्दा लाभान्वित हुन सक्छन् ।’

सोही क्रममा महिला स्वास्थ्य स्वयं सेविकाले धनकुटामा मुख्यमन्त्री कार्कीलाई स्वागत गरेका छन् । महिला स्वास्थ्य स्वयं सेविकालाई प्रोत्साहनका साथै सम्मान गरेर प्रदेश सरकारले उदाहरणीय काम गरेको भन्दै सम्मान गरिएको हो ।

महिला स्वास्थ्य स्वयं सेविकाले आफूहरूका समस्या दीर्घकालीन रूपमा समाधान गर्न मुख्यमन्त्री कार्की समक्ष आग्रह गरेका छन् ।

संचारकर्मीहरूसंगको छलफलमा मुख्यमन्त्री कार्कीले पहाडी क्षेत्रको विकास गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

मुख्यमन्त्री कार्कीले अन्तर्राष्ट्रिय प्रतियोगितामा विजेता कोसी प्रदेशका खेलाडी र प्रशिक्षकलाई पुरस्कृत, प्रदेश योजना आयोगको योजना तर्जुमा सुझाव सङ्कलन, राजनीतिक तथा स्थानीय बुद्धिजीवीसँग सुझाव सङ्कलनका साथै सहिद भीमनारायण श्रेष्ठकी धर्मपत्नी लक्ष्मीदेवी श्रेष्ठसँग आशीर्वाद लिई विराटनगर फर्किएका छन् ।

Tags: #धनकुटाकेदार कार्कीकोसी प्रदेशबैठकमन्त्रिपरिषद् बैठक
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

तीनजनामा डेंगु पुष्टि
समाचार

उदयपुरमा दुई महिनामै ४९ जनामा डेङ्गू सङ्क्रमण

by माधव पोख्रेल
अशोज ४, २०८३
0

उदयपुर । उदयपुर जिल्लामा चालू आर्थिक वर्ष २०८३/८४ को साउन र भदौ दुई महिनाको अवधिमा ४९ जनामा डेङ्गूको सङ्क्रमण पुष्टि...

इलामको अन्तुमा आतिथ्य सत्कारसम्बन्धी चारदिने तालिम सुरु
समाचार

इलामको अन्तुमा आतिथ्य सत्कारसम्बन्धी चारदिने तालिम सुरु

by मनाेज अधिकारी
अशोज ४, २०८३
0

इलाम । इलामको सूर्योदय नगरपालिका–४ अन्तुस्थित टाइमलेस होटलमा आतिथ्य सत्कारसम्बन्धी चारदिने तालिम सुरु भएको छ। दिगो पर्यटन परियोजना र नेपाल...

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

काेशीका विभिन्न जिल्लामा लागूऔषधसहित १४ जना पक्राउ

अशोज ४, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

विभिन्न मुद्दाका ३ फरार प्रतिवादी पक्राउ

अशोज ४, २०८३
पग्लिँदै हिमाल, बढ्दै हिमतालको खतरा

पग्लिँदै हिमाल, बढ्दै हिमतालको खतरा

अशोज ४, २०८३
धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

अशोज ४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

तीनजनामा डेंगु पुष्टि

उदयपुरमा दुई महिनामै ४९ जनामा डेङ्गू सङ्क्रमण

अशोज ४, २०८३
इलामको अन्तुमा आतिथ्य सत्कारसम्बन्धी चारदिने तालिम सुरु

इलामको अन्तुमा आतिथ्य सत्कारसम्बन्धी चारदिने तालिम सुरु

अशोज ४, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

काेशीका विभिन्न जिल्लामा लागूऔषधसहित १४ जना पक्राउ

अशोज ४, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

विभिन्न मुद्दाका ३ फरार प्रतिवादी पक्राउ

अशोज ४, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    960 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    519 shares
    Share 208 Tweet 130
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    302 shares
    Share 121 Tweet 76

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.