इलाम : इलामको माई नगरपालिका २ चेप्टी स्थित माई खोलामा डुबेर एक युवाको मृत्यु भएको छ।
मृत्यु हुनेमा झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ४ का २१ वर्षीय मुकेश ढकाल रहेका छन् ।
झापाबाट तीनवटा मोटरसाइकलमा घुम्न गएका उनी माई खोलाको दहमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
मृतक ढकालसहित उनकै सानिमा, मामा र फुपूका छोराहरू हेप्पी ड्रिम्स चेप्टी नजिकै रहेको माई खोलामा पौडी खेल्न गएका थिए।
साथीहरूसँग छुटेर पौडी खेल्न गएका ढकाललाई अपराह्न शुक्रबार १२ बजे फेला पारिएको बताइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
Discussion about this post