विराटनगर : विराटनगर महानगरपालिका ९ स्थित कोसी राजमार्गमा कन्टेनरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
बिहीबार दिउँसो एचआर ३८ वाई ५४९० नम्बरको कन्टेनर गाडीले को १५ प ७६२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार ३५ वर्षीया अमिरका कुमारी कुर्मीको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएकी उनको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा मोटरसाइकल चालक विराटनगर १४ का २१ वर्षीय अनुराग रायको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
ठक्कर दिने सवारी साधन र चालक भारत बिहार मोतिहारीका सुबोध पाण्डेलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएर घटना सम्वन्धमा थप अनुसन्धान गरिरहेको छ ।












Discussion about this post