धरान : धरान उपमहानगरपालिका १८ स्थितमा घाँटी रेटिएको अवस्थामा शव भेटिएको घटनाको पोस्टमार्टम रिपोर्ट आएको छ । गत ७ चैतमा धरान १६ की सुमना श्रेष्ठको हत्या भएको थियो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सुमनाको पोष्टमार्टम रिपोर्ट आइसकेको जनाएको छ ।
रिपोर्टमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको देखिएको भएपनि अन्य शङ्कास्पद गतिविधि नभएको जनाएको छ ।
यसअघि बलात्कारपछि हत्या भएको आशङ्का गरिएको थियो । त्यस्तो कुनै प्रकृतिको रिपोर्ट नआएको प्रहरीले जनाएको छ ।
रिपोर्टमा हत्यामात्रै खुलेको भने अन्य कुनै पनि गतिविधि नभएको उल्लेख भएको सुनसरी प्रहरीले जनाएको छ । कतिपयले सामूहिक हत्या भएकोसमेत आशङ्का गरेका थिए ।
सुमनाको हत्या आरोपमा प्रहरीले यसअघि नै सविन भनिने बाबुराम भुजेललाई पक्राउ गरेर सार्वजनिक गरिसकेको छ । हाल उनी अनुसन्धानमै रहेका छन् ।
सुमनालाई धारिलो हतियार प्रयोग गरी भुजेलले हत्या गरेको प्रहरीमा स्वीकार गरेका थिए । प्रेम सम्बन्धका कारण हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो ।
Discussion about this post