धनकुटा : धनकुटा नगरपालिका ३ कागतेमा आगलागीबाट गम्भीर घाइतेमध्येका एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तीन वर्षीय विवेक श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । आइतवार स्थानीय राजु श्रेष्ठको घर नजिकै लागेको डढेलोले श्रेष्ठका १० वर्षीय छोरा रोशन र ३ वर्षीय विवेक गम्भीर घाइते भएका थिए ।
घाइते दुवैको जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि विराटनगरस्थित आर्या न्यूरो अस्पतालमा उपचारका लागि लगिएको थियो ।
त्यहाँबाट थप उपचारका लागि काठमाडौंतर्फ लैजाँदै गर्दा विवेकको बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post