इटहरी : कोशी प्रदेशमै पहिलोपटक इटहरीबाट डेढ वर्षअघि फुड डेलिभरी सुविधा दिनेगरी सञ्चालनमा आएको ‘जाऔँ’ ले शतप्रतिशत क्यास ब्याकसहितको राइड सेयरिङको अफर बजारमा ल्याएको छ ।
नयाँ वर्ष २०८१ को अवसरमा पारेर ‘जाऔँ’ ले सो सुविधा बजारमा ल्याएको ‘जाऔँ’ सर्भिस प्रालिका प्रमुख कार्यकारी अधिकृत दुर्गेश चौधरीले बताए ।
शतप्रतिशत क्यास ब्याक अन्तर्गत यात्रुहरूले पहिलोपटक जाऔँको सुविधा लिएबापत तिरेको सम्पूर्ण रकम यात्रुकै वालेटमार्फत क्यास ब्याक गरिनेछ । यात्रु गन्तव्यमा पुगेपश्चात् सफलतापूर्वक यात्रा गरेको एसएमएस प्राप्त भएपश्चात् तत्कालै शतप्रतिशत क्यास ब्याक हुने चौधरीले बताए ।
दोस्रो पटकदेखि भने १० प्रतिशतसम्म क्यास ब्याक गरिने कम्पनीका चौधरीको भनाइ छ । यात्रुले मोबाइलको प्लेस्टोरमा गएर जाऔँ को एप डाउनलोड गरेर चाहिए अनुसारको सुविधा लिन सक्नेछन् ।
कोशी प्रदेशका धरान, इटहरी, विराटनगर, दमक, बिर्तामोड, इनरुवा, झुम्कालगायतका मुख्य सहरहरूलाई लक्षित गरेर सञ्चालनमा आएपनि मधेस प्रदेशको वीरगन्ज र जनकपुरमा समेत यो राइड सेयरिङको अफर ल्याएको कम्पनीले जनाएको छ ।
अन्य राइड सेयरिंङ एपहरू भन्दा यात्रुहरूलाई जाऔँ एप प्रयोग गर्दा सहुलियत पर्ने कार्यकारी अधिकृत चौधरीको भनाइ छ ।
जाऔँको एप प्रयोग गरेर राइड सुविधा लिएबापत प्रत्येक यात्रामा कम्पनीले पोइन्ट प्रदान गरी वालेटमा सोही अनुसारको पैसा फिर्ता गरिदिने व्यवस्था समेत मिलाएको छ।
जाऔँले मुख्य सहरहरूमा एक सय भन्दा बढी राइडरहरूको रजिस्ट्रेसन गरिसकेको जनाएको छ ।














Discussion about this post