मोरङ : मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
मंगलबार (आज) दिउँसो साढे १ बजे मोरङको पथरीशनिश्चरे नगरपालिका १० स्थितमा ज १० प ४०२८ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेको पैदलयात्री स्थानीय ४१ वर्षीय बद्रीविक्रम श्रेष्ठलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।
त्यस्तै, विराटनगर १४ स्थित भित्री सडकखण्डमा जतुवाबाट रानीतर्फ जाँदै गरेको को २६ प ९८५१ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको को २ त ५५४६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालक स्थानीय ४५ वर्षीय उत्तिमलाल यादवको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा सप्तकोसी अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुवै घटनामा संलग्न चालक तथा सवारी साधनहरूलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
Discussion about this post