विराटनगर : विराटनगरमा दुई समूहबीच विवाद भएपछि रानी क्षेत्र तनावग्रस्त भएको छ ।
राम नवमीको अवसरमा एउटा समूहले निकालेको र्यालीलाई विराटनगर १५ मा अर्को समूहले अवरोध गरेपछि झडप भएको हो ।
बुधबार (आज) दिउँसो अवरोधपछि सुरू भएको विवाद बढेपछि रानी क्षेत्र तनावग्रस्त भएको थियो ।
स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले केही राउण्ड हवाई फायर र केही सेल अश्रुग्यास पनि प्रहार गरेको मोरङ प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।
स्थानीयबासीका अनुसार विराटनगरको १५ र १७ को बीचमा रामनवमीको सन्दर्भमा एउटा समूहले र्यालीलाई अवरोध भएपछि विवाद बढेको थियो ।
स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले बल प्रयोग गरेर दुवै समूहलाई तितरबितर पारेको मोरङ कार्कीले बताए ।
Discussion about this post