मोरङ : मोरङको कानेपोखरी गाउँपालिका २ केरौनस्थितमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
कानेपोखरीबाट रमाईलोतर्फ जाँदै गरेको प्रदेश १–०२–०४९ प ५७२२ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भइ दुर्घटना हुँदा स्कुटर चालक स्थानीय ४५ वर्षीय दिलीप राजवंशी र सोही स्कुटरमा पछाडि सवार ४३ वर्षीय सुरुज कुमार राजवंशी घाइते भएका थिए ।
दुर्घटनामा परी घाइते भएका दुवैजनालाई उपचारको लागि नोबेल अस्पताल विराटनगर लगिएको थियो ।
उपचारका क्रममा स्कुटर चालक दिलीप राजवंशीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइतेको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post