इलाम : पोलमा चढेर विद्युत जोड्ने क्रममा इलाम नगरपालिका ८ मा एक व्यक्तिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा इलाम नगरपालिका ५ का ४२ वर्षीय दिलीप कुँवर रहेका छन् ।
काम गर्दै गरेको अवस्थामा दिउँसो २ बजेतिर अचानक करेन्ट बगेपछि ११ हजार भोल्टको करेन्टले कुँवरलाई पोलमै टाँसेको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post