संखुवासभा : संखुवासभाको सभापोखरी गाँउपालिका ३ एथुम्बु स्थितमा भाइको कुटपिटबाट दाजुको मृत्यु भएको छ ।
४१ वर्षीय सनमान राईलाई सामान्य घरायसी विवादको क्रममा उनका भाइ ३८ वर्षीय प्रविन राईले कुटपिट गर्दा मृत्यु भएको हो ।
बोल्न अशक्त रहेका सनमान प्रविनको कुटपिटबाट घाइते भएका थिए । उनको शुक्रबार बेलुका साढे ८ बजेतिर आफ्नै घरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न राईलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
Discussion about this post