उदयपुर : उदयपुरमा ६६ वर्षीया वृद्धामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका ४ लाकु बस्ने ५७ वर्षीय श्यामशेर राई रहेका छन् ।
राईले ती महिलालाई ज्यान मार्ने धाकधम्की समेत दिएर आइतबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Discussion about this post