मोरङ : मोरङको लेटाङमा अटो (ट्याम्पो) दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कानेपोखरी गाउँपालिका ७ का ४१ वर्षीय ओमनारायण श्रेष्ठ रहेका छन् ।
लेटाङ नगरपालिका ३ स्थित भित्री सडकखण्डमा को २ ह ३२०८ नम्बरको अटो आफैँ अनियन्त्रित भएर शुक्रबार बिहानको राति २ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि लेटाङ एडभान्स हेल्थ केयर सेन्टरमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
तीव्र गतिका कारण अटो दुर्घटना भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
Discussion about this post