इटहरी : कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका हिक्मत कार्कीले दाबी पेस गरेका छन् ।
एमाले र माओवादी संसदीय दलका नेता र सांसद प्रदेश प्रमुखको कार्यालयमा भेला भई कार्कीले दाबी पेस गरेका हुन् । दुई दलका ५२ सांसदले हस्ताक्षर गरी दाबी पेस गरेका छन् ।
प्रमुख परशुराम खापुङले बुधबार बेलुका नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठन गर्न आह्वान गरेका थिए ।
खापुङले संविधानको व्यवस्था हेरेर मुख्यमन्त्री नियुक्त गर्ने बताए ।
।














Discussion about this post