मोरङ : मोरङको बूढीगंगा गाउँपालिका ६ स्थितमा माटोको ढिस्कोले पुरिएर एकजना बालकको मृत्यु भएको छ ।
घर नजिकै रहेको बूढी खोलामा साथीहरूसँग खेल्न गएका ११ वर्षीय प्रकाश चौधरीको माटोको ढिस्कोले पुरिएको अवस्थामा फेला परेका थिए । अबेरसम्म घर नआएपछि खोजतलास गर्दै जाने क्रममा राति ९ बजेतिर खोला छेउमा फेला परेको प्रहरीले जनाएको छ ।
उनलाई तत्काल उपचारको लागि विराट मेडिकल कलेज पुर्याउनासाथ डाक्टरले मृत घोषित गरेका थिए ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post