Wednesday, July 15, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरी उपमहानगर : यी हुन् जनजीवनसँग जोडिएका काम

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख ३०, २०८१
in समाचार
0
आन्तरिक आम्दानी वृद्विमा इटहरीको योजना : प्रभावकारी सूचना, बाध्यकारी कर ‘क्लियरेन्स’, छुट र ताकेता
92
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी उपमहानगरपालिकाका जनप्रतिनिधिहरूले कार्यभार सम्हालेर काम सुरु गरेको २ वर्ष हुन लागेको छ ।

नयाँ नेतृत्व आइकन सुरुका केही समय कर विवादमा फसेको इटहरी उपमहानगरपालिकाले पछिल्ला दिनमा गरेका कामले नगरबासीको ध्यान तानेको छ ।

आम सर्वसाधारण नगरबासीले उपमहानगरको कामलाई कसरी मूल्याङ्कन गरेका छन् ? २ बर्षे कार्यकाललाई कसरी सम्झनुहुन्छ ? भनी नगरबासीहरूलाई सोधेका छौँ । जसमध्ये अधिकांशले मुख्य ५ काम सम्झिएको प्रतिक्रिया दिए ।

खोला पैनी सफाइ, इटहरी अस्पतालको सुधार, विद्यालय खाजा कार्यक्रम तथा शैक्षिक गुणस्तर सुधार, नागरिक सहायता कक्ष र पूर्वाधार विकासको काम नगरबासीले रुचाएका ५ काम हुन् ।

हामीले कुराकानी गरेकामध्ये धेरैले मुख्य रूपमा यी ५ कामलाई जोडेर प्रतिक्रिया दिए । दैनिक जनजीवनसँग जोडिएको र प्रत्यक्ष अनुभव गर्न पाएकाले राम्रो लागेको उनीहरूको भनाई छ ।

खोला पैनी सफाइ

खोला पैनी सफाइको कामलाई अधिकांश नगर बासीले राम्रो काम भनी प्रशंसा गरेका छन् । वर्षामा डुबानको पीडा भोग्दै आएका नगर बासीले खोला सफा भएपछि डुबान नहुने अपेक्षा गरेको बताए ।

अघिल्लो कार्यकालमा चर्चा मात्रै भएको तर काम नहुँदा नगरबासीले यसपटक पनि काम हुन्छ भन्ने सोचेका थिएनन् । तर उनीहरूको सोचाई विपरीत खोला सफाइ भइरहेको छ । यस कारण पनि उनीहरूको ध्यान तानिएको हो ।

इटहरी वडा नम्बर २ निवासी राधिका तिम्सिनाले खोला सफाइको काम राम्रो लागेको प्रतिक्रिया दिइन् ।

‘नयाँ मेयर आएपछि खोलानाला सफाइदेखि टेङ्ग्रा खोला सफाइ समेत भयो, बाटो सडक पनि बनेको छ । राम्रै काम भएको देखेका छौँ,’ तिम्सिनाले भनिन्, ‘मेयर सावले स्कुल पनि सुधार गर्छु भन्नु भएको छ । त्यो पनि राम्रै लागेको छ ।’ खोला सफा भएपछि डुबानमा केही हदसम्म रोकथाम हुने उनको विश्वास छ ।

‘बाढी आउला भन्ने डर सधैँ हुन्छ । तर यो वर्ष खोला सफा गरेका कारण बाढी नपस्ला कि भन्ने लागेको छ । हेरौँ के हुन्छ ।’ इटहरी ४ कि विमला भट्टराईले भनिन् ।

प्रतिक्रिया व्यक्त गर्ने अन्यले पनि यो विषयलाई भन्न छुटाएनन् । टेङ्ग्रा खोलाले दिएको दुःख सम्झिएका नगरबासीलाई यो कामले खुसी बनाएको छ ।

उपमहानगरपालिकाले खेती खोला पनि सफा गर्न खोलाको क्षेत्राधिकारको जग्गा खाली गर्न सूचना जारी गरेको छ । यहाँको खोला पनि सफाइ हुने र खोलाको जग्गामा बनाइएका घर भत्किएलान् भन्ने लागेको नगरबासीको भनाई छ ।

इटहरी अस्पतालको सुधार

इटहरी वडा नम्बर ९ का बद्री शर्माले आजकाल नियमित रूपमा स्वास्थ्य जाँचका लागि इटहरी अस्पताल जाने गरेको बताए । पहिले बिमाको रेफर लिन मात्रै जाने उनी अहिले भने इटहरी अस्पतालमै चेकजाँच गर्ने गरेको बताए ।

विशेषगरी नियमित रूपमा डाक्टर भेटिने, ब्लड, सुगर, ईसिजी, एक्स रे, लगायतका चेकजाँच पनि हुन थालेपछि ठूलो समस्या आए मात्रै धरान, विराटनगर जानु परेको उनले सुनाए ।
यस्तै इटहरी ९ कै श्याम घिमिरेले अस्पतालमा सुधार आएको आफूले प्रत्यक्ष अनुभव गरेको बताए ।

‘अहिले अस्पतालको सेवाको स्तर वृद्धि भएको छ । सेवा वृद्धि भएपछि अहिले मानिसहरू अस्पतालमा चेकजाँचका लागि जाने गरेको मैले अनुभव गरेको छु ।’ उनले भने ।

यी २ जनाले जस्तै अनुभव सुनाउने अन्य नगरबासीले पनि इटहरी अस्पतालमा सुधार आएको प्रत्यक्ष अनुभव गरेको प्रतिक्रिया दिए ।
अस्पतालमा के कति सुधार आएको छ, २ अघि र पछिको अवस्था तुलना गर्दा सजिलै थाहा हुने नगरबासीको भनाई छ । अस्पतालमा भीड बढेपछि अझै प्रभावकारी व्यवस्थापनको माग हुन थालेको छ ।

स्वास्थ्य उपचारको सुधार प्रत्यक्ष देख्न र अनुभव गर्न पाएको र स्वास्थ्य क्षेत्रमा हुने खर्च कटौती समेत भएको नगर बासीले बताएका छन् ।
दैनिक जनजीवनसँग जोडिएको स्वास्थ्य क्षेत्रमा आएको सुधारले नगर बासीको ध्यानाकर्षण गर्न सफल भएको देखियो ।

विद्यालय खाजा कार्यक्रम, शैक्षिक गुणस्तर सुधार

सामुदायिक विद्यालयमा सुरु भएको विद्यालय खाजा कार्यक्रमलाई पनि नगर बासी अभिभावक र विद्यार्थीले राम्रो काम भनेका छन् । उपमहानगरले गरेका काम मध्ये राम्रो काम विद्यालय खाजा कार्यक्रम रहेको प्रतिक्रिया दिएका छन् ।

सुरुवातमा केही विवादास्पद कुरा आएपनि अहिले भने प्रभावकारी रूपमा सञ्चालन भइरहेको उपमहानगरपालिकाले जनाएको छ ।

विद्यालयमा अनियमित भएका विद्यार्थीलाई नियमित बनाउन र विद्यालय जान उत्प्रेरित गर्न विद्यालय खाजा कार्यक्रम सफल भएको सरस्वती जब्दी माविकी शिक्षिका प्राथना त्रितालले बताइन् । विशेषगरी विपन्न समुदायका विद्यार्थीहरूलाई धेरै राहत भएको शिक्षिका त्रितालको भनाई छ ।

यो कार्यक्रम सुरु भएपछि सामुदायिक विद्यालयमा उल्लेख्य मात्रामा विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको उनले जानकारी दिइन ।

अर्कोतर्फ विद्यालयमा अङ्ग्रेजीको पठनपाठनले गर्दा बोर्डिङ स्कुलका विद्यार्थीहरू पनि सामुदायिक विद्यालयमा आकर्षित भएको उनले बताइन् । यसले सामुदायिक विद्यालयहरू पनि सुधार भएको आफूले प्रत्यक्ष अनुभव गरेको उनको भनाई छ ।

अघिल्लो शैक्षिक सत्रबाट उपमहानगरपालिका आफैले कक्षा ६ सम्म विद्यालय खाजा कार्यक्रम सुरु गरेको थियो । खाजा कार्यक्रम यो शैक्षिक सत्रबाट थप व्यवस्थित गर्ने उपमहानगरले जनाएको छ ।

विद्यार्थीहरूलाई पौष्टिक आहारा खुवाउन सामुदायिक विद्यालयमा खाजा कार्यक्रम सुरु गरिएको थियो । सामान्य चिउरा भुजा खाने विद्यार्थीहरूले अहिले सात दिन सात थरिका पौष्टिक खानेकुरा खान पाएका छन् ।

पौष्टिक खाजा खुवाउने कार्यक्रमले विद्यालयमा विद्यार्थी ड्रप आउट हुने समस्या समाधान भएको छ । विद्यार्थीहरू सबै जसो दिन विद्यालय जान थालेका छन्, भने पुरा दिन कक्षामा बसेर पढ्न थालेका छन् ।

इटहरी ६ का नवराज सुवेदीले शैक्षिक क्षेत्र सुधारका लागि मेयर हेमकर्ण पौडेलले सुरु गरेको अभियानले राम्रो प्रभाव पारेको बताए ।

विद्यालय खाजा कार्यक्रमसँगै सामुदायिक विद्यालय सुधारका लागि सुरु गरिएका पहलले पूर्णता नपाईसके पनि निरन्तरता भए सफल हुने देखिएको उनले बताए । शैक्षिक क्षेत्र सुधार गर्न यो वर्ष लागु गर्ने गरी मेयर पौडेलले २७ बुँदे सङ्कल्प पत्र जारी गरेका छन् ।

निजी विद्यालयको व्यवस्थापन गर्न शुल्क निर्धारण गर्ने विषयलाई पनि नगरबासीले राम्रो काम भनी प्रतिक्रिया दिएका छन् । भर्ना शुल्क लिन नपाउने नियमलाई अभिभावकहरूले राम्रो भने छन् ।

यसै शैक्षिक सत्रबाट सबै विद्यालयमा एउटै पोसाकको निर्णयले सामुदायिक विद्यालयका विद्यार्थीहरू उत्साहित भएका छन् ।

एउटै पोसाकको विषय निजी विद्यालयले विवाद सृजना गर्दै अदालत सम्म मुद्दा परेको थियो । तर अदालतबाट पनि अन्तरिम आदेश नआएपछि उपमहानगरले लागु गर्ने बताउँदै आएको छ । यो विषयले पनि नगर बासी अभिभावक र विद्यार्थीहरूलाई आकर्षण गराएको छ ।

नागरिक सहायता कक्ष र प्रशासन सुधार

सेवा लिन पुगेका नगर बासीले पहिले कहाँ जाने अलमल हुने तर सहायता कक्ष स्थापना पछि सजिलो भएको बताएका छन् । सेवा लिन पुगेका जो कोही सेवाग्राही नागरिक सहायता कक्षमा एक पटक पुग्ने र अलमल भए सोधपुछ गरी काम गर्ने गरेका छन् ।

नागरिक सहायता कक्षमा निःशुल्क चिया कफीको विषयले नगर बासीमा राम्रै चर्चा पाएको छ ।

उपमहानगरपालिकाको नागरिक सहायता कक्षमा भेटिएका सेवाग्राही रमेश बस्नेतले काम सकेर कालो कफी खाएर बसेको बताए ।

कर्मचारीले सजिलै काम गरिदिएको बताएका बस्नेतले काम सकेर कफी खान आएको बताए । बाहिर सुने जस्तै रहेको पाइएको उनले बताए ।

शाखा महाशाखामा कर्मचारी भेटिने,हुने भिडभाड हटेपछि सेवाग्राहीले परिवर्तनको महसुस गरेका छन् । प्रदान गरिने कतिपय सेवालाई अनलाइन बनाइएको छ । नगर बासीले घरमै बसाबसी सेवा लिन सक्ने वातावरण तयार छ ।

घर नक्सालाई अनलाइन बनाइएको छ । जसले गर्दा पहिले जस्तो फाइल बोकेर धाउनुपर्दैन । भीडभाडमा लाइन लाग्नु पर्दैन । कर तथा राजश्व तिर्न मोबाइल तथा अनलाइनबाट सजिलै तिर्न सकिने भएकाले नगर बासीले सेवामा सुधार आएको महसुस गरेका छन् ।

पूर्वाधार विकास

पूर्वाधारको क्षेत्रमा सडक, पुल निर्माणमा पनि उपमहानगरले राम्रै काम गरेको नगरबासीले बताएका छन् । पुरानो बसपार्कलाई नयाँ आधुनिक निर्माण सुरु भएको,आकाशे पुल, आधुनिक सभा हल बन्न ठेक्का लागेको विषयलाई पनि राम्रो काम भनी उनीहरूले प्रतिक्रिया दिएका छन् ।

इटहरी चोकमा बन्ने भनिएको आकासे पुल समयमै पूरा भएको हेर्न चाहेको प्रतिक्रिया दिएका छन् ।

स्थानीय श्याम घिमिरे इटहरीमा अत्यन्तै आवश्यक देखिएको आकासे पुल निर्माण गर्ने विषय आफूलाई राम्रो लागेको बताए । आकासे पुल तोकिएको समयमै निर्माण सम्पन्न भए इटहरीको ट्राफिक व्यवस्थापनमा सुधार आउने घिमिरे बताए ।

_ ADVT

Tags: #इटहरी#इटहरी उपमहानगरपालिका
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विविध

धरानमा तीन सयभन्दा बढी साइक्लिष्टको ‘कोरा राइड’ हुँदै

by रासस
असार ३१, २०८३
0

सुनसरी : कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी साउन २ गते यहाँ ‘कोरा राइड साइक्लिङ च्यालेन्ज’ आयोजना हुने भएको...

अख्तियार इटहरीमा एक वर्षमा तीन हजार २९४ उजुरी, सबैभन्दा धेरै वन–वातावरणमा
FEATURE BREAKING

चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित रंगेहात पक्राउ

by टाकुरा न्यूज । इटहरी
असार ३१, २०८३
0

इटहरी : इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का ६ लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीबाट...

फरार कैदी पुनः अपराधमा, झुम्का कारागारबाट भागेका अभिषेक चोरीको स्कुटरसहित पक्राउ

लागूऔषध सेवन गरेर सवारी चलाउने १० जना चालक विराटनगरमा पक्राउ

असार ३१, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

खोटाङमा तीन दाजुभाइको विवादले लियो एकको ज्यान

असार ३१, २०८३
वन्यजन्तुको प्यास मेटाउन भोजपुरको वनमा पोखरी निर्माण

वन्यजन्तुको प्यास मेटाउन भोजपुरको वनमा पोखरी निर्माण

असार ३१, २०८३
खोटाङमा सुतेकै अवस्थामा कैदीको मृत्यु

खोटाङमा सुतेकै अवस्थामा कैदीको मृत्यु

असार ३१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धरानमा तीन सयभन्दा बढी साइक्लिष्टको ‘कोरा राइड’ हुँदै

असार ३१, २०८३
अख्तियार इटहरीमा एक वर्षमा तीन हजार २९४ उजुरी, सबैभन्दा धेरै वन–वातावरणमा

चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित रंगेहात पक्राउ

असार ३१, २०८३
फरार कैदी पुनः अपराधमा, झुम्का कारागारबाट भागेका अभिषेक चोरीको स्कुटरसहित पक्राउ

लागूऔषध सेवन गरेर सवारी चलाउने १० जना चालक विराटनगरमा पक्राउ

असार ३१, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

खोटाङमा तीन दाजुभाइको विवादले लियो एकको ज्यान

असार ३१, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    765 shares
    Share 306 Tweet 191
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    597 shares
    Share 239 Tweet 149
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    461 shares
    Share 184 Tweet 115
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    405 shares
    Share 162 Tweet 101
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    385 shares
    Share 154 Tweet 96

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.