Tuesday, June 23, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

मोरङमा दुर्घटना हुँदा दुईको मृत्यु, एकै घरका तीनसहित छ घाइते

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख ३०, २०८१
in समाचार
0
मोरङमा दुर्घटना हुँदा दुईको मृत्यु, एकै घरका तीनसहित छ घाइते

तस्बिर क्याप्सन : दुर्घटनास्थलमा भेला भएका स्थानीय र क्षतिग्रस्त सवारीसाधन ।

372
SHARES
Share on FacebookShare on Twitter

मोरङ : मोरङका भिन्नाभिन्नै स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

आइतबार मदन भण्डारी राजमार्गअन्तर्गत केराबारी गाउँपालिका ५ बगैंचा चोकमा पिकअप भेनले अटो टेम्पोलाई ठक्कर दिँदा अटो चालकको मृत्यु भएको छ ।

बा ११ च २९२८ नम्बरको पिकअपले प्रदेश १–०२–००२ ह ९२४४ नम्बरको अटोलाई ठक्कर दिँदा अटो चालक केराबारी ६ का ४५ वर्षीय मेखबहादुर मगरको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

दुर्घटनामा पाँच जना घाइते भएका छन्।

पिकअप चालक मोरङको बूढीगंगा गाउँपालिका २ का ३२ वर्षीय शिवकुमार ऋषिदेव, अटोमा सवार केराबारी ६ की ६० वर्षीया हरिमाया मगर, सुनसरीको धरान उपमहानगरपालिका ११ की ३० वर्षीया सीता मगर, उनकी छोरी १० वर्षीया प्रशुना मगर र छोरा ७ वर्षीय एग्रिल मगर घाइते भएका छन्।

घाइतेमध्ये हरिमायाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

त्यस्तै मोरङको पथरीशनिश्चरे नगरपालिका १ स्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पथरीबाट लेटाङको जाँतेतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ७२१५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक लेटाङ नगरपालिका ८ का २५ वर्षीय दिपेश राईको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार दिपेशकी पत्नी २१ वर्षीया ललिता राई (मगर) गम्भीर घाइते भएकी छन् ।

उनलाई उपचारका लागि विराटनगरको न्यूरो अस्पताल लगिएको प्रहरीले जनाएको छ । दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Tags: #मोरङदुर्घटनामृत्यु
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा स्थानीयको विरोधबीच मापदण्डविपरीत बालुवा प्रशोधन केन्द्र सञ्चालन
FEATURE BREAKING

इटहरीमा स्थानीयको विरोधबीच मापदण्डविपरीत बालुवा प्रशोधन केन्द्र सञ्चालन

by टाकुरा न्यूज । इटहरी
असार ८, २०८३
0

इटहरी : इटहरी उपमहानगरपालिका–३ त्रिवेणी चोकस्थित बस्तीभित्र स्थानीयको विरोधका बाबजुद बालुवा प्रशोधन केन्द्र स्थापना प्रक्रिया अघि बढाइएको पाइएको छ ।...

छैन वन्यजन्तुको डर, झापामा ‘मेकाडामिया’ खेतीले लियो सफलता
विविध

छैन वन्यजन्तुको डर, झापामा ‘मेकाडामिया’ खेतीले लियो सफलता

by रासस
असार ८, २०८३
0

झापा : मेचीनगर नगरपालिका–९ स्थित मागुरमाडी जङ्गलको छेउका बासिन्दामा हात्तीको बथान र बाँदरको फौजले बाली सखाप पार्ला भन्ने चिन्ता सधैँ...

गुराँसेमा बन्दै धार्मिक पर्यटनको नयाँ गन्तव्य, अन्तिम चरणमा आत्मा पवित्र माङहिम

गुराँसेमा बन्दै धार्मिक पर्यटनको नयाँ गन्तव्य, अन्तिम चरणमा आत्मा पवित्र माङहिम

असार ८, २०८३
विराटनगरको मिथिला थालीमा हानिकारक रसायन प्रयोग गरी मिठाई बिक्री

विराटनगरको मिथिला थालीमा हानिकारक रसायन प्रयोग गरी मिठाई बिक्री

असार ८, २०८३
हात्ती प्रभावित क्षेत्र झापामा सुपारी खेती बन्यो किसानको भरोसाको आधार

हात्ती प्रभावित क्षेत्र झापामा सुपारी खेती बन्यो किसानको भरोसाको आधार

असार ८, २०८३
बाढीपहिरोका कारण कोशी प्रदेशका ५ जिल्लाका सडक अवरुद्ध, केहीमा वैकल्पिक मार्ग सञ्चालन

अविरल वर्षासँगै आएको पहिरोका कारण सङ्खुवासभामा तीन परिवार विस्थापित

असार ८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा स्थानीयको विरोधबीच मापदण्डविपरीत बालुवा प्रशोधन केन्द्र सञ्चालन

इटहरीमा स्थानीयको विरोधबीच मापदण्डविपरीत बालुवा प्रशोधन केन्द्र सञ्चालन

असार ८, २०८३
छैन वन्यजन्तुको डर, झापामा ‘मेकाडामिया’ खेतीले लियो सफलता

छैन वन्यजन्तुको डर, झापामा ‘मेकाडामिया’ खेतीले लियो सफलता

असार ८, २०८३
गुराँसेमा बन्दै धार्मिक पर्यटनको नयाँ गन्तव्य, अन्तिम चरणमा आत्मा पवित्र माङहिम

गुराँसेमा बन्दै धार्मिक पर्यटनको नयाँ गन्तव्य, अन्तिम चरणमा आत्मा पवित्र माङहिम

असार ८, २०८३
विराटनगरको मिथिला थालीमा हानिकारक रसायन प्रयोग गरी मिठाई बिक्री

विराटनगरको मिथिला थालीमा हानिकारक रसायन प्रयोग गरी मिठाई बिक्री

असार ८, २०८३

लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1507 shares
    Share 603 Tweet 377
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    908 shares
    Share 363 Tweet 227
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    395 shares
    Share 158 Tweet 99
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    352 shares
    Share 141 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.