Friday, October 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

इटहरीको सहिद विद्यालयले मनायो १५ औं वार्षिकोत्सव, आगामी वर्ष ७ करोड ३६ लाख खर्चको अनुमान

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ १, २०८१
in विविध, समाचार
0
इटहरीको सहिद विद्यालयले मनायो १५ औं वार्षिकोत्सव, आगामी वर्ष ७ करोड ३६ लाख खर्चको अनुमान
104
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी नगरपालिका वडा नं. १९ मा अवस्थित सहिद स्मृति आवासीय माध्यमिक विद्यालयले आफ्नो वार्षिक प्रगति प्रतिवेदन २०८० सार्वजनिक गरेको छ ।

विद्यालयका प्रधानाध्यापक रीता फुयालको अध्यक्षतामा आयोजित १५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा वार्षिक प्रतिवेदन सार्वजनिक गरिएको हो ।

वार्षिक प्रतिवेदनमा विद्यालयमा हाल २६ जिल्लाबाट ४२१ विद्यार्थीहरू अध्ययनरत रहेको उल्लेख छ । जसमध्ये २५६ विद्यार्थी आवासीय छन् भने बाँकी १६५ विद्यार्थी स्थानीय रहेका छन् ।

वार्षिकोत्सव समारोहमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेल लगायतका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यालयले भोगिरहेका चुनौती र भावी योजनाहरू प्रस्तुत गरियो ।

प्रतिवेदनमा चालु प्रशासनिक र आवास व्यवस्थापनका लागि बजेट अपुग रहेको उल्लेख छ भने शिक्षकहरूको क्षमता विकासका लागि तालिम आवश्यक रहेको बताइएको छ । यसैगरी, विद्यालयलाई पुस्तकालय, बहुप्राविधिक विषय सञ्चालन, छात्रावास मर्मत लगायतका पूर्वाधार विकास गर्नुपर्ने देखिएको छ ।

त्यसैगरी विद्यालयलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ द्वन्द्वपीडित शिक्षा कार्यक्रम अन्तर्गत सञ्चालित विद्यालयको मोडालिटी परिवर्तन गरी दीर्घकालीन सञ्चालन व्यवस्थापन गर्ने योजना रहेको बताइएको छ । वार्षिकोत्सवमा विद्यार्थीहरूले निर्माण गरेका विभिन्न आविष्कारहरूको प्रदर्शनसमेत गरिएको थियो ।

यस्तै, विद्यालयले आर्थिक वर्ष २०७९/०८० को आर्थिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । विद्यालय व्यवस्थापन समितिका कोषाध्यक्ष रामबहादुर कार्कीले उक्त प्रतिवेदन प्रस्तुत गरे ।

आर्थिक वर्ष २०७९/०८० मा विद्यालयको आय ४ करोड २७ लाख ७० हजार पुगेको छ भने खर्च ३ करोड ३५ लाख ६३ हजार रहेको प्रतिवेदनमा उल्लेख छ । विद्यालयको खुद नाफा ६७ लाख ७ हजार छ । विगतमा पनि विद्यालयलाई नाफा हुँदै आएको देखिन्छ ।

प्रतिवेदनमा आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ७ करोड ३६ लाख ३९ हजार खर्च लाग्ने अनुमान गरिएको छ । विद्यालयले खाद्यान्न खरिद, पोषाक, शैक्षिक भ्रमण, खेलकुद तथा सांस्कृतिक कार्यक्रम, औषधि उपचार, शिक्षक तालिम लगायतका क्षेत्रमा खर्च गर्ने गरेको छ ।

प्रतिवेदनमा विद्यालयको विगत, वर्तमान अवस्था र भावी योजनाहरूसमेत उल्लेख गरिएको छ । विद्यालयलाई आत्मनिर्भर बनाउने, प्राविधिक विषय सञ्चालन गर्ने, नमुना विद्यालयको स्तरमा पु¥याउने लगायतका योजना प्रतिवेदनमा उल्लेख छ ।

Tags: वार्षिकोत्सवविद्यालयसहिद
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज
विविध

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

by रासस
अशोज २९, २०८३
0

भोजपुर : भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा फेरि सेवा सञ्चालन भएसँगै नदी वारपार गर्न सहज हुने भएको छ...

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी
समाचार

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

by माधव पोख्रेल
अशोज २९, २०८३
0

उदयपुर : उदयपुरको सदरमुकाम गाईघाटस्थित जिल्ला अस्पताल उदयपुरमा चिकित्सक नभेटिएपछि उपचारका लागि आएका चार दर्जनभन्दा बढी बिरामी उपचारबिनै घर फर्कन बाध्य...

धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

अशोज २९, २०८३
विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

अशोज २९, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

यस्तो छ कोशी मन्त्रिपरिषद्का निर्णय

अशोज २९, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु

अशोज २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

अशोज २९, २०८३
जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

अशोज २९, २०८३
धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

अशोज २९, २०८३
विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

अशोज २९, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    635 shares
    Share 254 Tweet 159
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.