धनकुटा : धनकुटाको शहिदभूमि गाउँपालिका ४ खोकु स्थितबाट लागूऔषध गाँजा बोकेको पिकअप गाडीसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लागूऔषध गाँजाको ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
खोकुबाट पिप्लेतर्फ जाँदै गरेको प्रदेश १-०२-००२ च ६५६१ नम्बरको पिकअप गाडीलाई चेकजाँच गर्दा गाडीमा लुकाईछिपाई राखेको एक सय ६० किलोग्राम गाँजा बरामद गरेको हो ।
गाडीमा गाँजा बरामद भएसँगै उक्त गाडीका चालक शहिदभूमि ४ का २७ वर्षीय योगेन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post