इटहरी : सुनसरीबाट प्रहरीले २१ लाख बराबरको अवैध सामान बरामद गरेको छ ।
धरान उपमहानगरपालिका ८ स्थित अस्थाई प्रहरी पोष्ट तिनकुनेबाट खटिएको प्रहरी टोलीले ठूलो परिमाणमा भन्सार छलीका अवैध समानहरू नियन्त्रणमा लिएको छ ।
तीनकुनेबाट खटिएको प्रहरी टोलीले इटहरीबाट धरानतर्फ जाँदै गरेका विभिन्न सवारी साधानहरूलाई चेकजाँच गर्दा उक्त सवारी साधनहरूबाट बिलबिजक नभएको विभिन्न कम्पनीको पेय पदार्थ, सिमेन्ट, र गाडीका पार्ट्सहरू गरी २१ लाख २६ हजार ८२८ रुपैँया बराबरको सामान बरामद गरेको हो ।
बरामद भएका समानहरू आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरी पठाएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।














Discussion about this post