इटहरी : कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. राजेन्द्रप्रसाद अधिकारी नियुक्त भएका छन् ।
झापा घर भएका अधिकारीलाई सोमबार (आज) बसेको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रदेश योजना आयोग गठन तथा कार्य सञ्चालन आदेश २०७५ को दफा ३ को उपदफा (२) खण्ड (ख) बमोजिम अधिकारीलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरिएको हो ।
आयोगको अध्यक्ष भने मुख्यमन्त्री रहने व्यवस्था छ । उनी मेची बहुमुखी क्याम्पसमा अर्थशास्त्र विषयको उपप्राध्यापक हुन् ।
उनले नेपाली अर्थतन्त्रमा मुद्रा आपूर्ति र मूल्य स्तर बीचको सम्बन्ध विषयमा विद्यावारिधि पूरा गरेका छन् ।













Discussion about this post