विराटनगर : विराटनगरमा रहेको कोशी अस्पतालमा एक जना बिरामीको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ ।
विराटनगर ६ घर भएकी ७२ वर्षीया समसा बेगामको शुक्रबार (आज) दिउँसो उपचारको क्रममा मृत्यु भएपछि अस्पताल तनावग्रस्त भएको हो ।
बिरामीका आफन्तहरूले उपचारमा ढिलासुस्ती गरेको र आइसियूमा नराखेका कारण मृत्यु भएको भन्दै अस्पतालमा नाराबाजी गरेका छन् ।
उनीहरूले उपचारमा ढिलाइ गर्ने चिकित्सक र नर्सलाई कारबाही गरिनुपर्ने माग राख्दै प्रर्दशनमा उत्रिएका हुन् । स्वासप्रश्वासमा समस्या भएपछि बेगामलाई शुक्रबार दिउँसो कोशी अस्पतालको आकस्मिक कक्षमा उपचारको लागि ल्याएको थियो ।
समयमै आइसियूमा लगेर उपचार नगर्ने चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई कारबाहीको गरिनुपर्ने माग राख्दै बिरामीका आफन्तले शव बुझेका छैनन् ।
Discussion about this post