मोरङ : मोरङको कटहरीमा रहेको सुखानी खोलामा नाबालिकाको शव फेला परेको छ ।
प्रहरीका अनुसार घरबाटै बेपत्ता भएकी कटहरी गाउँपालिका ५ स्थित धर्म झाँगडकी ७ वर्षीया छोरी प्रीति झाँगडको खोलामा डुबेर मृत्यु भएको अवस्थामा भोलिपल्ट शव भेटिएको हो ।
अभिभावकलाई नभनीकन प्रीति आइतबार दिउँसो ३ बजेदेखि घरबाट हिँडेकी थिइन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार खोजी गर्ने क्रममा सोमबार दिउँसो शव फेला परेको हो ।
शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पतालमा लगेर घटनाको अनुसन्धान सुरु गरिएको बस्नेतले बताए ।













Discussion about this post