इटहरी : गृह मन्त्रालयले एकैपटक २५ जना सहसचिव तथा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ ।
विभिन्न मन्त्रालयबाट गृहमा सरुवा भएर आएकाहरूको पदस्थापन र मन्त्रालय र अन्तरगतका निकायमा विभिन्न जिम्मेवारीमा रहेको १६ जना सीडीओहरूको जिम्मेवारी हेरफेर भएको हो ।
यससँगै सुनसरीमा रामचन्द्र तिवारी प्रमुख जिल्ला अधिकारी (सीडीओ) का रूपमा आउँदैछन् । गृहमन्त्री रबि लामिछानेको निर्णय अनुसार १६ जिल्लामा नयाँ सीडीओ खटाइएको हो ।














Discussion about this post