इटहरी : इटहरीमा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गढी गाउँपालिका २ बस्ने २४ वर्षीय मोहमद अफ्रोज मियाँ रहेका छन् । उनको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको हो ।
इटहरी उपमहानगरपालिका ८ स्थित मन्जिल प्रधानको घरको छतमाथि चढेर सिटि सफारी बोलाउने क्रममा नजिकै रहेको विद्युतको तारबाट करेन्ट लाग्दा उनको मृत्यु भएको बताइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post