मोरङ : मोरङमा तीन वर्षीया बालिकाको डुबेर मृत्यु भएको छ ।
जिल्लाको रतुवामाइ नगरपालिका ५ चटपटे चोक बस्ने देवनारायण पण्डितकी छोरी तीन वर्षीया दीक्षा पण्डितको सोही ठाउँस्थित पानी जमेको खाल्डोमा डुबेर शनिबार बिहान मृत्यु भएको हो ।
डुबेर अशक्त भएकी उनको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङको भनाइ छ ।













Discussion about this post