धरान : सुनसरीको धरान उपमहानगरपालिका १७ सिंहदेवी सामुदायिक वनबाट भरुवा बन्दुकसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार राति १० बजे स्थानीय ४० वर्षीय दरेश राई सामुदायिक वन एरियामा भरुवा बन्दुक बोकेर हिँडिरहेको भन्ने सूचनाका आधारमा अस्थाई प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरी टोलीले लोड भएको भरूवा बन्दुक १ थान, बारूद र छर्रा राईलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनको सम्बन्धमा इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post