मोरङ : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको कानेपोखरी ७ मा कारको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।
बिहीबार राति ९ः४० बजेतिर पश्चिमबाट पूर्व जाँदैगरेको मोरङको पथरीशनिश्चरे ५ का ७० वर्षीय साइकलयात्री बन्दु चौधरीलाई कारले ठक्कर दिदाँ चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरीकाअनुसार बेलबारीबाट पथरीतर्फ जाँदै गरेको मे १ च ३३६६ नम्बरको कारले ठक्कर दिएको थियो ।
इलाका प्रहरी कार्याल पथरीले कार र चालक झापाको मेचीनगर नगरपालिका १० बस्ने अन्दाजी ३० वर्षीय विजयकुमार शाहलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post