इटहरी : लायन्स क्लव अफ इटहरी सुनसरीको आयोजना तथा विराटनगर आँखा अस्पतालको प्राबिधिक सहयोगमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ ।
लायन्स क्लब अफ इटहरी सुनसरीका अध्यक्ष पीताम्बर पोखरेलका अनुसार निःशुल्क आँखा शिविरमा एक सय ६५ जना लाभान्वित भएका छन् ।
जसमध्ये १३ जनाको शल्यक्रिया गर्नुपर्ने भएको छ ।
लायन्स क्लवकै सहकार्यमा निःशुल्क शल्यक्रिया गरिने पोखरेलले बताए । उनले विराटनगर आँखा अस्पतालमै शल्यक्रिया गर्नेगरी सहमति भएको बताए ।
पछिल्लो समय आँखाका रोगी बढ्दै गएकाले निःशुल्क शिविर गर्दै सचेतना फैलाउने उदेश्यले शिविर आयोजना गरिएको अध्यक्ष पोखरेलले जानकारी दिए ।
Discussion about this post