Monday, June 15, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

शैक्षिक गुणस्तर सुधारमा विराटनगर महानगरको अग्रसरता

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ २८, २०८१
in विविध, समाचार
0
शैक्षिक गुणस्तर सुधारमा विराटनगर महानगरको अग्रसरता
81
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगर क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयको शैक्षिण गुणस्तर वृद्धि गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले प्रधानाध्यापकहरूसित कार्यसम्पादन करार सम्झौता गरेको छ ।

महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा सोमबार भएको कार्यक्रममा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसित कार्यसम्पादन सम्झौता गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले सामुदायिक विद्यालयप्रति पछिल्लो समय अभिभावक र विद्यार्थीको आकर्षण बढ्दै गएको भन्दै खुसी व्यक्त गरे ।

उनले करार सम्झौतापछि महानगरभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अझै वृद्धि हुने विश्वास व्यक्त गरे ।

शैक्षिक गुणस्तर वृद्धिका लागि महानगरले जस्तोसुकै सहयोग गर्न तयार रहेको भन्दै मेयर कोइरालाले गुणस्तर वृद्धिका लागि प्रअहरूले सक्रियता बढाउँदै प्रभावकारी भूमिका गर्नुपर्नेमा जोड दिए ।

महानगरभित्र सञ्चालित सामुदायिक विद्यालयको शैक्षिण गुणस्तरसँगै भौतिक, प्रशासनिक, व्यवस्थापकीय सुधारका लागि सम्झौता गर्नुपरेको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिए । महानगर र प्रअहरूबीच ४२ बुँदे सम्झौता भएको छ ।

जसमा कक्षा ५, ८ र १० को औषध जीपीए ३ भन्दा माथि पु¥याउने, विद्यालयमा सबै कक्षा, तह र विषयको पाठ्यक्रम, शिक्षक निर्देशिकाको प्रबन्ध गर्ने, सबै कक्षामा शिक्षक लकबुकको राखी प्रयोग गर्ने, महानगरले तयार पारेको शैक्षिक कार्यपात्रोको पूर्ण कार्यान्वयन गर्ने, प्रअ र शिक्षकहरूबीच कार्यसम्पादन करार सम्झौता गर्ने, विद्यालयको वार्षिक बजेट स्वीकृत गरी कार्यान्वयन गर्ने , वर्षको कम्तिमा दुईपटक अभिभावक भेला गर्ने, खेल्दै सिक्दै कार्यक्रम पूर्ण कार्यान्वयन गर्नेलगायत सम्झौता उल्लेख छ ।

सम्झौतापत्रमा महानगरका प्रमुख प्रशासकीय अधिकृत पराजुली र सामुदायिक विद्यालयका प्रअहरूले हस्ताक्षर गरेका थिए । सो अवसरमा आधारभूत तह कक्षा १–५ को प्रअका तर्फबाट सञ्जीव घिमिरे, आधारभूत तह कक्षा ६–८ का तर्फबाट राजेश यादव र मावि तहका तर्फबाट खेमराज भट्टराईले प्रतिबद्धता व्यक्त गरे ।

महानगर क्षेत्रभित्र ५६ वटा सामुदायिक विद्यालयहरू सञ्चालनमा रहेको शैक्षिक प्रशासन महाशाखाका संयोजक कृष्ण भट्टराईले जानकारी दिए ।

ती विद्यालयमा करिब ३० हजार विद्यार्थी अध्ययनरत छन् । अनुगमनका क्रममा पछिल्लो समय धेरै सामुदायिक विद्यालयले शैक्षिक र भौतिक सुधारका पक्षमा उल्लेखनीय प्रगति भएको संयोजक भट्टराईको दाबी छ ।

Tags: #विराटनगरनागेश कोइरालाविराटनगर महानगरपालिकाशिक्षा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ
समाचार

सुनसरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ३१, २०८३
0

इटहरी : सुनसरीको इनरुवा नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गबाट प्रहरीले ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ। आइतबार दिउँसो १ः४० बजेतिर अस्थायी...

विपद् उद्धारका लागि सशस्त्र प्रहरीलाई रोट्याक्टको सहयोग
विविध

विपद् उद्धारका लागि सशस्त्र प्रहरीलाई रोट्याक्टको सहयोग

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ३१, २०८३
0

इटहरी : रोट्याक्ट क्लब अफ इटहरीले सशस्त्र प्रहरी बल नेपाल नं. १ वराहा वाहिनी मुख्यालय, पकलीलाई विपद् व्यवस्थापन तथा उद्धार...

भोजपुरको पर्यटकीय क्षेत्र सुन्तले

भोजपुरको पर्यटकीय क्षेत्र सुन्तले

जेष्ठ ३१, २०८३
इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा मानव–हात्ती द्वन्द्व : दोहोरियो मृत्यु, समाधान अझै भएन

जेष्ठ ३१, २०८३
इटहरीबाट बराहक्षेत्र गएका मामा–भाञ्जालाई सप्तकोशी नदीले बगायो, भाञ्जालाई बगाएछि मामा बचाउन गएका थिए

आस्थाको यात्रामै मोरङका धर्मप्रसादको जीवनयात्रा टुंगियो

जेष्ठ ३१, २०८३
ज्याला वृद्धिको माग गर्दै चिया श्रमिकले गरे प्रदर्शन

भारतीय बजारमा नेपाली चिया रोकावट, किसानको भान्सा संकटमा

जेष्ठ ३१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

सुनसरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

जेष्ठ ३१, २०८३
विपद् उद्धारका लागि सशस्त्र प्रहरीलाई रोट्याक्टको सहयोग

विपद् उद्धारका लागि सशस्त्र प्रहरीलाई रोट्याक्टको सहयोग

जेष्ठ ३१, २०८३
भोजपुरको पर्यटकीय क्षेत्र सुन्तले

भोजपुरको पर्यटकीय क्षेत्र सुन्तले

जेष्ठ ३१, २०८३
इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा मानव–हात्ती द्वन्द्व : दोहोरियो मृत्यु, समाधान अझै भएन

जेष्ठ ३१, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1505 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1427 shares
    Share 571 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    391 shares
    Share 156 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.