इटहरी : सुनसरीमा सवारी दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ ।
जिल्लाको कोशी गाउँपालिका ३ नहरचोकस्थित सडकमा भएको दुर्घटनामा २० वर्षीय राजकुमार यादवको मृत्यु भएको हो ।
इनरुवाबाट भण्टाबारीतर्फ जाँदै गरेको को २ ख ६०५९ नम्बरको ट्रकले को २ त १२४३ नम्बरको ट्याक्टरलाई बिहीबार दिउँसो ठक्कर दिँदा ट्याक्टरमा सवार कोशी २ बस्ने यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।













Discussion about this post