इलाम : इलामको इलाम नगरपालिका ११ निन्दाकुमा रूखको हाँगाले लागेर एकजनाको मृत्यु भएको छ ।
निजी वनमा गोलियाको लागि रूख काट्दै गर्दा अचानक रूखको हाँगाले लागेर स्थानीय ७२ वर्षीय नेत्रप्रसाद श्रेष्ठको मृत्यु भएको हो ।
घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पताल इलाम पुर्याउनासाथ डाक्टरले मृत घोषित गरेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















Discussion about this post